Thursday March 28, 2024 | |

चीनले उत्तर कोरियालाई दियो कोभिडविरुद्धको खोप, नेता उनलाई खोप लगाइयो

featured-news

एजेन्सी– चीनले उत्तर कोरियाका नेता किम जोङ उन तथा उनको परिवारलाई परीक्षणमा रहेको कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराएको छ ।

चीनले उपलब्ध गराएको कोभिडविरुद्धको खोप उत्तरकोरियाका नेता उनले लगाएका छन् । एक अमेरिकी विश्लेषकका अनुसार किमको परिवारका लागि चीनले परीक्षणमा रहेको खोप उपलब्ध गराएको हो ।

वाशिङटनमा रहेको थिंकट्यांक सेन्टर फर नेसनल इन्टरेस्टमा उत्तर कोरियाविज्ञ ह्यारी काजियानिसले किम परिवार तथा वरिष्ठ अधिकारीहरूलाई खोप लगाइसकिएको बताए ।

कुन कम्पनीले परीक्षणमा रहेको खोप उपलब्ध गराएको हो र यो सुरक्षित छ कि छैन भन्ने स्पष्ट छैन ।

‘किम जोङ उनले अन्य शीर्ष अधिकारीहरूलाई गएको दुईदेखि तीन हप्तामा कोरोनोभाइरसको खोप दिइएको छ । चीन सरकारले परीक्षण गरिरहेको खोप उपलब्ध गराएको हो,’ काजियानिसले अन्लाइन पत्रिका नाइन्टीनफोर्टीफाइभमा लेखे ।

सिनोभ्याक बायोटेक लिमिटेड, क्यानसिनोबायो र सिनोफ्राम ग्रूप लगायतका चिनियाँ कम्पनीले कोरोनाको खोप बनाइरहेको अमेरिकी वैज्ञानिक पिटर जे होटेजले बताएको भनी काजियानिसले उद्धृत गरेका छन् ।

उत्तर कोरियाले देशमा एउटा पनि संक्रमण नरहेको भने पनि दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर निकायले चीनसँग उत्तरको व्यापारिक तथा जानसांख्यिक सम्बन्ध रहेकाले संक्रमण फैलिएको हुनसक्ने बताएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार