Friday April 26, 2024 | |

जन्मने वित्तिकै साटिएका बच्चाहरु– जो जन्मघर फर्कन मान्दैनन्

featured-news

विविसी, भारत । कुरा कुनै बलिउड फिल्मको पटकथा जस्तो छ । पहिलो, दुई बच्चाहरु जन्मिनेबित्तिकै अस्पतालमै साटिएका थिए । दोश्रो, दुई बच्चाको परिवार बिल्कुलै फरक पारिवारिक पृष्ठभूमिका छन् । एक आदिवासी हिन्दु अर्को परिवार मुसलमान । रमाइलो कुरा, दुई वर्ष ९ महिनापछि बच्चाहरुको डिएनए परिक्षण भयो तर, बच्चाहरुले आफूलाई हुर्काएको परिवार छाड्न चाहेनन् ।

घटना पूर्वोत्तर भारतको आसाम राज्यको हो । शाहबुद्दिन अहमदले आफ्नी श्रीमती सलमा परविनलाई प्रसुती गराउन सन् २०१५ मार्च १५ मा बिहान ६ बजे मंगलदाई सिभिल हस्पिटल लगे, एक घण्टा भित्र छोरा जन्माइन् । उनले सामान्य प्रसुतीबाट छोरा जन्मेको भोलिपल्टै उनी अस्पतालबाट डिस्चार्ज भइन् ।

4

‘‘एक सातापछि मेरी श्रीमतीले मलाई यो बच्चा हाम्रो होइन भनिन् । मैले उनलाई निर्दोष बच्चालाई त्यसो नभन्न भने । तर मेरी श्रीमतीले प्रसुतीगृहमा अर्को बोडो आदिवासी महिलाले पनि सुत्केरी गरीरहेको र उनैसँग आफ्नो बच्चा साटिएको बताइन् । मैले उनको कुरा पत्याइन तर उनले ढिपी गरिरहिन् ।’’ शाहबुद्दिनले भने । समाले सुरु देखि नै जोनइत आफ्नो बच्चा नभएको शंका गर्दै आइरहेकी थिइन् ।

ज्ञ‘‘जब मैले बच्चाको अनुहार हेरेँ मलाई शंका लाग्यो । मैले प्रसुतीगृहमा रहेकी अर्की महिला सम्झेँ । बच्चाको अनुहार उनै महिलासँग मिल्थ्यो । अझै बच्चाको आँखा पनि सानो छ, मेरो परिवारमा कसैको आँखा पनि सानो छैन ।’’ सलमाले भनिन् ।

जब शाहबुद्दिनले आफ्नी श्रीमतीको शंका अस्पतालका सुपरिवेक्षकसमक्ष्ँ प्रस्तुत गरे, सुपरिवेक्षकले उनकी श्रीमती मानसिक रुपमा अस्थीर रहेको र उनलाई मनोवैज्ञानिक उपचार चाहिएको बताइन् । त्यसपछि शाहबुद्दिनले सुचनाको हक प्रयोग गर्दै उनकी श्रीमती सुत्केरी भएको समयमा कति बच्चा जन्मेका थिए भन्ने जनाकारी लिन निवेदन दिए ।

एक महिनापछि उनले त्यसबेला अस्पतालमा ७ महिला सुत्केरी भएको विवरण पाए । विवरण हेरेपछि उनले ‘आदिवासी महिला’को जानकारी लिए । जानकारी लिएपछि उनले आफ्नो बच्चा र उनले जन्माएको बच्चामा धेरै समानता भेटे । दुबै छोरा थिए, दुबैको तौल ३ किलो थियो र दुई बच्चा केबल ५ मिनेटको फरकमा जन्मेका थिए ।

3

‘‘म उनीहरुको गाउँ दुईपटक गएँ, तर उनीहरुको घर जाने हिम्मत भने जुटाउन सकिन ।’’ शाहबुद्दिनले भने । ‘‘त्यसैले मैले चिठी लेखेँ । मैले चिठीमा बच्चा साटिएको भन्ने आफ्नी श्रीमतीको शंका जाहेर गरेँ । मैले चिठीको अन्तिममा आफ्नो फोन नम्बर पनि दिएँ र आफूलाई सम्पर्क गर्न भने ।’’

द्दअनिल र शेवाली बोरो तथा उनीहरुले हुर्काएको बच्चा रियान चन्द्रको आदिवासी परिवार शाहबुद्दिनको घरबाट केबल ३० किलोमिटर टाढा गाउँमा बस्छ । आदिवासी परिवारले शाहबुद्दिनको चिठी नपाउन्जेलसम्म बच्चाबारे केही शंका गरेको थिएन । चिठी पाएपनि उनीहरुको परिवारमा कसैलाई पनि बच्चा साटिएको भन्ने विश्वास नै लागेको थिएन । तर, दुबै परिवारको भेट भएपछि भने कथाले अर्कै मोड लियो ।

‘‘जब मैले सुरुमा शाहबुद्दिनलाई देखेँ, मलाई लाग्यो कि मेरो बच्चा र शाहबुद्दिनको अनुहार मिल्छ । मलाई निकै नरमाइलो लाग्यो र म रोएँ । हामी बोडो आदिवासी हौँ हाम्रो अनुहार अरु आसामी र मुसलमानहरुसँग मिल्दैन । हामी अरुभन्दा फरक छौँ । हाम्रो अनुहारमा मंगोलियन विशेषता देखिन्छ ।’’ शेवाली बोडोले भनिन् । सलमा चाहिँ रियानलाई देख्नेबित्तिकै आफूसँग लैजान चाहन्थिन तर, अनिल बोरोकी आमाले सलमालाई बच्चा लैजान दिइनन् ।

शाहबुद्दिनको आग्रहमा अस्पताल प्रशासनले बच्चा साटिएको विषयमा जाँचबुझ सुरु गर्यो । तर, घटना भएको दिन प्रसुतीगृहमा काम गरिरहेकी नर्ससँगको छलफलपछि अस्पताल प्रशासनले कुनै गल्ती नगरेको जनायो ।

आफूबाट कुनै गल्ती नभएको भन्ने अस्पतालको भनाइको विश्वास नगरी शाहबुद्दिनले सन् २०१५ को अगस्टमा श्रीमती र छोराको रगतको नमुना डिएनए परिक्षणका लागि पठाए । डिएनए जाँचको रिपोर्ट आएपछि पो शाहबुद्दिनले थाहा पाए, सलमा र जोनइतको डिएनए मिल्दो रहेनछ ।
अस्पताल प्रशासनले त्यस डिएनए रिपोर्ट कानूनतः मान्य नहुने भनेपछि शाहबुद्दिनले त्यसै वर्षको डिसेम्बरमा प्रहरीमा उजुरी दिए । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीका सब इन्सपेक्टर हेमन्त बरुवाले अस्पतालबाट जन्मको अभिलेख मागेर दुबै परिवारसँग जाँचबुझ गरिरहेको जनाएका छन् ।

जनवरी २०१६ मा शाहबुद्दिनले बच्चा तथा बाबुआमाको रगतको नमुना बोकेर कलकत्ता पुगे तर, फोरेन्सिक प्रयोगशालाले कागजातमा गल्ती देखिएको भन्दै डिएनए परिक्षण गर्न इन्कार गर्यो ।
‘‘त्यसैले हामीले गत वर्षको अप्रिलमा दोश्रो पटक नमुना संकलन गर्यौँ र परिक्षणका लागि राज्यको राजधानी गुहाटी पठायौँ । नोभेम्बरमा आएको परिक्षण रिपोर्टबाट बच्चा साटिएको भन्ने शाहबुद्दिनको भनाइमा सत्यता रहेको प्रमाणित भयो ।’’ सब इन्सपेक्टर बरुवाले भने ।
बरुवाले त्यसपछि शाहबुद्दिनलाई बच्चा फेरी साटासाट गर्न अदालत जान सल्लाह दिए । तर, ४ जनवरीमा उनीहरु अदालत पुगे, उनीहरुले हुर्काएको बच्चाहरुले आफ्नो परिवार छाड्न मानेन् ।

‘‘न्यायाधीशले हामीलाई चाहेमा बच्चा फेरी साटासाट गर्न सक्ने फैसला सुनाए, तर हामीले त्यसो गरेनौँ । हामीले तीन वर्षदेखि बच्चा हुर्काएका थियौँ, हामीले उनीहरुलाई त्यसै जान दिएनौँ ।’’ सलमा परविनले भनिन् । ‘‘जोनइत पनि रोइहेको थियो । उ मेरो देवरको काखमा थियो, जोनइतले उनलाई छाड्नै मानेन ।’’ उनले भनिन् ।

)ढढटटघछढछ)ष्mन)ठछद्दण्रियानले पनि शेवालीलाई छाड्न मानेन । उ पनि रोइरहेको थियो । बच्चा फेरी साटासाट गर्दा आफूलाई भावनात्मक रुपमा पीडा हुने बताउँछन् । उनीहरुसँग के भइरहेको भन्ने बच्चाले बुझ्न नसक्ने उनको भनाइ छ । बच्चा परिवारसँग एकदम नजिक भएका कारण उनीहरुको परिवारप्रति ज्यादै लगाव छ । परिवारबाट पनि उनीहरुले उस्तै स्नेह पाएका छन् । रियानका काका पनि चिन्तित छन्, ‘‘यो बच्चाको अनुहार हेर्नुस्, उ ज्यादै प्रीय छ । हामी कसरी उसलाई त्यसै जान दिन सक्छौँ रु’’

जोनइत पनि आफ्नो परिवारका लागि उस्तै प्यारो छ । ‘‘जब म उसलाई साट्ने दिन अदालतमा जान आँटेकी थिएँ, मेरी ८ वर्षीया छोरीले भनिन्, आमा, उसलाई जान नदिनु होला, उ बिना म बाँच्न सक्दिन ।’’ सलमाले भनिन् ।

धार्मिक फरकपन कुनै दिन उनीहरुको जीवनमा केही असर पार्छ कि भन्ने प्रश्नमा शाहबुद्दिन भन्छन् — ‘‘बच्चा त बच्चा हो, उ ईश्वरको बरदान हो । उ हिन्दु पनि होइन, मुसलमान पनि होइन । सबै बच्चा समान छन् । उनीहरु यहाँ आएपछि मात्रै हिन्दु अथवा मुसलमान बन्छन् ।’’ दुई परिवारको जीवनशैली, भाषा, सँस्कृति र खानपान सबै फरक भएका कारण बच्चालाई फेरी साटासाट गरिएमा उनीहरुले नयाँ परिवारसँग घुलमिल हुन नसक्ने शाहबुद्दिन बताउँछन् ।

आमाहरु भने भावनात्मक रुपमा दुबै बच्चाप्रति उस्तै लगाव देखाउँछन् । आफूले हुर्काएको बच्चाप्रति स्नेह हुनु स्वभाविक त छ नै आफ्नो गर्भबाट जन्मेका बच्चाहरु प्रतिको लगाव पनि कम छैन । हुर्केपछि पछि बच्चा आफैँले कोसँग बस्ने निर्णय गर्न सक्ने बताइन्छ । तर, अहिलेका लागि दुबै परिवार भने आफ्ना जैविक सन्तानसँग नजिक हुन नियमित भेटघाट गरिरहेका छन् ।

अनुवाद : हिमाल कोइराला

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार