Tuesday December 10, 2019 | |

नेपालमा बार्षीक २ खर्ब बढीको हुण्डी कारोबार, सहकारी देखि ट्राभल सम्म संलग्न

featured-news

काठमाडौं । साउन तोस्रो साता जिल्ला प्रहरी कार्यालय पर्साले ८ जना हुन्डी कारोबारी विरुद्ध करिव सभा अर्व माग दाबी गर्दै मुद्दा दायर गर्यो । त्यस अघि पुस अन्तिम साता प्रहरीले विराटनगर स्थित आस्था नेपाल बहुउद्देश्य सहकारी संस्थामा आवद्ध तीन जनालाई हुन्डी कारोबारको आरोपमा ५९ लाख ७ हजार ६ सय रुपैयाँ रकम सहित पक्राउ गर्यो । त्यस अघि पुस ९ महिनामै प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको न्यूरोडबाट ३५ लाख रकम समित २ जनालाई हुन्डी कारोवारको आरोपमा पक्रियो ।
यी त पछिल्लो समय देखिएका केही प्रतिनिधीमुलक उदाहारण मात्र हुन् । महानगरीय अपराध महाशाखाले मात्र पछिल्लो ३ बर्षको अवधिमा ४२ वटा घटनामा ५४ जनालाई पक्राउ गरिसकेको छ । महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार, हुन्डी कारोबारमा सहकारी देखि ट्राभल एजेन्सी खोलेर बसेका सम्म संलग्न छन् ।
राजस्व अनुसन्धान विभागका अनुसार, गएको आर्थिक वर्षमा विदेशी विनिमय अपचलनका ७६ वटा मुद्दा विभागमा दर्ता भएका थिए । चालु आर्थिक वर्षको पुस मसान्तसम्म मात्रै पनि ४५ वटा मुद्दा दर्ता भइसकेका छन् । राष्ट्र बैंकले २०७४ सालमा गरेको अनौपचारिक अध्ययनअनुसार नेपालमा भित्रिने रेमिटेन्सको करीब ३० प्रतिशत अर्थात करीब रु.२ खर्ब २० अर्ब रकम हुण्डीलगायतका गैरकानूनी माध्यमबाट आउने गर्छ । तरपनि कानूनको अभावमा यसलाई नियन्त्रण गर्न भने कठिन भइरहेको छ ।
कारबाही गर्न कानून छैन
सरकारले हुण्डी कारोबारलाई अवैध माने पनि कारबाही गर्ने कानूनी व्यवस्था भने छैन । हुण्डी कारोबार गर्ने तौरतरिका फेरिइसक्दा पनि साढे पा“च दशक पुरानो विदेशी विनिमय ऐन, २०१९ का आधारमा मुद्दा चलाउने गरिएको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली स्पष्ट कानून नहुँदा हुण्डीका कारोबारीलाई कारबाही गर्न कठिन भइरहेको बताउँछन् ।
कसरी हुन्छ हुन्डी कारोबार ?
रेमिट्यान्स औपचारिक र अनौपचारिक माध्यमबाट आउँछन् । अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्स हुन्डी हो । हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो । दुवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार हुने गरेको छ । नेपालबाट भारतमा पैसा पठाउन हुन्डीको भारतमा रहेको एजेन्टले नेपालको एजेन्टलाई खबर गर्छ । नेपालको एजेन्टलाई पैसा दिएपछि भारतको एजेन्टले आफ्नो व्यक्तिलाई पैसा उपलब्ध गराउँछ । यसबापत उनीहरूले केही प्रतिशत कमिशन लिने गर्छन् ।
सरकारले विदेश जाँदा लैजान पाउने डलरको सीमा घटाएपछि डलरको माग बढेकाले हुण्डी कारोबार गर्नेहरू बढेको उनको अनुभव छ । पछिल्लो समय अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, अमेरिका, बेलायतलगायतका देशमा मात्र नभई खाडी मुलुकहरूमा समेत हुण्डी कारोबारलाई आन्तरिक रेमिटेन्स च्यानलसँग जोड्ने क्रम बढेको छ । हुण्डी कारोबारमा रेमिट कम्पनी मात्र होइन, ट्राभल एजेन्सीहरू समेत संलग्न देखिन्छन् ।
अर्थतन्त्रमा हुन्डीको प्रभाव
हुन्डी रेमिट्यान्स नै भएपनि यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिंदैन । यसको मतलब हुन्डीले रकम आउने क्रमलाई घटाउँदैन । सरकारी तथ्यांकमा मात्रै नदेखिने हो । सरकारी कोषमा विदेशी मुद्रा आउँदैन । अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति घटाउँछ । यसले अनधिकृत व्यापार व्यवसायसँगै राजश्व समेत घटाउँछ ।जानकारहरुका अनुसार, हुन्ड कारोबार नियन्त्रण गर्न सरकारले नीति नै परिमार्जन गर्नुपर्छ । किनकी बिदेशी मुद्राको हकमा सरकार अलि बढि लिबरल पनि छ, जबकी नेपाल त्यति लिबरल छैन । अर्काे कुरा पुर्णतः इनफोर्समेन्ट नै हो । कारबाहिको दायरा बढाउने र कारबाहिको स्किल पनि बढाउँदै गएपछि यो नियन्त्रणमा आउँछ । हुनपनि हुन्डीले गर्दा देशले प्राप्त गर्नुपर्ने राजश्व देशले प्राप्त गर्दैन । जस्तो भन्सारमा न्युन बिजिकरण भएर आयात भयो भने त्यसबाट राज्यले प्राप्त गर्नुपर्ने राजश्व पाउँदैन । र हाम्रो लागि महत्वपुर्ण हुने बिदेशी मुद्रा जो बाहिरबाट आउनुपथ्र्याे त्यो आउँदैन । त्यसकारण हुन्डी नियन्त्रण हुनुपर्छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार