Tuesday March 19, 2024 | |

समृद्धि कपको उपाधि पब्लिक युथलाई

featured-news

१४ पौष, काठमाडौँ । नयाँ शक्ति विद्यार्थी युनियन क्याम्पस समन्वय समितिले आयोजना गरेको प्रथम समृद्धि फुटबल कप प्रतियोगिता पब्लिक युथ क्याम्पसले जितेको छ । उक्त प्रतियोगितमा दोस्रो गोल्डेन गेट कलेज, तेस्रोमा आधारशीला र चौथो स्थान प्राइम कलेज भएको युनियनका प्रवक्ता रुपनारायण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल ७–६ गोलअन्तरमा सकिएको थियो ।

प्रतियोगिताका विजेता टिमलाई नयाँ शक्ति पार्टीका ३ नं प्रदेश संयोजक गंगानारायण श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । प्रथम हुने टिमले रु ५५ हजार, दोस्रो ३५ हजार नगद र तेस्रो हुनेलाई २५ हजार नगद र शिल्ड प्राप्त गरेका छन् । नयाँ शक्ति विद्यार्थी युनियनले आयोजना गरेको यो नै पहिलो फुटबल प्रतियोगिता हो । प्रतियोगितामा उपत्यकाका २४ क्याम्पसको सहभागिता थियो । उक्त प्रतियोगिताको उद्घाटन मंगलबार नयाँ शक्ति पार्टीका महिला संयोजक कल्पना धमलाले गर्नुभएको थियो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार