Friday April 19, 2024 | |

कोरोना भाइरसबाट २४ घण्टामा थप ४ हजार ७२८ को मृत्यु

featured-news

काठमाडौं– विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९ हजार ४१८ पुगेको छ ।

विश्वका २०८ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ४ हजार ७२८ जनाले ज्यान गुमाएका छन् ।

यो भाइरस संक्रमितको संख्या १२ लाख ७२ हजार ७३७ पुगेको छ । २४ घण्टाको अवधिमा ७१ हजार २५४ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारगरि घर फर्किएका छन् । अहिले ९ लाख ४१ हजार ८३४ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् ।

उपचारमा रहेकामध्ये ४५ हजार ६१९ को अवस्था गम्भीर छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ ।

२४ घण्टामा थप २५ हजार १९३ जनामा संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ५५० पुगेको छ । जहाँ मृत्यु हुनेको संख्या ९ हजार ६१० छ । वितेको २४ घण्टामा अमेरिकामा १ हजार १५९ जनाले ज्यान गुमाएका छन् ।

दोस्रो धेरै संक्रमित स्पेनमा भएका छन् । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ३१ हजार ६४६ पुगेको छ । अहिलेसम्म स्पेनमा १२ हजार ६४१ जनाले ज्यान गुमाएका छन् । २४ घण्टाको अवधिमा ६९४ जनाको मृत्यु भएको छ ।

त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा १५ हजार ८८७ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्रै इटालीमा ५२५ जनाको मृत्यु भएको छ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार