Wednesday April 24, 2024 | |

बेलायती महारानी एलिजावेथका रोचक तथ्य

featured-news

बेलायती महारानी बेलायती साम्राज्यको पहिचानका रुपमा स्थापित छिन् । उनलाई बेलायतमात्र नभई संसारभर आदर गरिन्छ । उनका धेरै रोचक तथ्यहरु छन् जुन सबैलाई थाहा नहुन सक्छ

१ उनको नाम

बेलायती महारानीको पूरा नाम एलिजावेथ अलेक्जाण्ड्रा मेरी विण्डसर हो । विण्डसर वंशका बेलायती राजपरिवारले अन्तिम नाम नलेख्ने भएकाले उनलाई केबल एलिजावेथ भनेर पुकारिन्छ । १६ औं शताब्दीको मध्यदेखि १७ औं शताब्दीको शुरुसम्म बेलायतको शासन गरेकी महारनीको नाम पनि एलिजावेथ नै भएकाले वर्तमान महारानी एलिजावेथलाई एलिजावेथ द्वितीय भनेर पनि चिनिन्छ ।

२ उनको शासन

उनी बेलायतको मात्र नभई अन्य १६ मुलुककी समेत महारानी हुन् । उनी अष्टे«लिया, क्यानाडा, न्यूजिल्याण्ड, पपुवा न्यूगिनी, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट एण्ड द ग्रोनाडिनेस, जमैका, ग्रेनाडा, सेन्ट किट्स एण्ड नेभिस, सोलोमोन टापु, टुभालू, एण्टिगुवा एण्ड बारबुडा, बेलिज, द बहामास, बारबेडोज र संयुक्त अधिराज्यकी राष्ट्रप्रमुख हुन् । बेलायतबाहेक अन्य मुलुकका राष्ट्रप्रमुखकका रुपमा उनका प्रतिनिधिका रुपमा गभर्नर जनरलले भूमिका निर्वाह गर्ने परम्परा छ । यद्यपि बेलायतबाहेक अन्य मुलुकमा पनि उनलाई उत्तिकै आदर गरिन्छ ।

३ शासनकाल

उनले सन् १९५२ मा शासन शुरु गरेकी हुन् । उनको शासनकालमा २० भन्दा धेरै मुलुकले बेलायतबाट स्वतन्त्रता प्राप्त गरेका थिए । ६७ वर्ष लामो उनको शासनकाल बेलायती इतिहासमै सबैभन्दा लामो समयको हो । उनीअघि यो कीर्तिमा उनकी जिजु हजुरआमा भिक्टोरियाको नाममा थियो । महारानी भिक्टोरियाले सन् १८३७ देखि १९०१ सम्म ६४ वर्ष शासन गरेकी थिइन् । एलिजावेथको शासनकालमा एक दर्जनभन्दा धेरै बेलायती प्रधानमन्त्री परिवर्तन भइसकेका छन् ।

४ अधिकार

महारानीलाई बेलायतमा सवारी चलाउन सवारी लाइसेन्स चाहिँदैन । उनकै नाममा बेलायतभर कर उठाइने भएकाले उनले कर पनि तिर्नु पर्दैन । त्यस्तै, उनलाई आफ्नो शासन अन्तर्गत रहेका मुलुकको भ्रमण गर्दा पासपोर्ट पनि चाहिँदैन । उनलाई कुनै पनि बेला प्रधानमन्त्रीलाई नियुक्त र बर्खास्त गर्ने अधिकार छ । त्यसबाहेक उनले कसैको हत्या गरेमा पनि उनलाई कानून लाग्दैन ।

५ उनको शोख

उनलाई घोडचढीमा रुची छ । त्यस्तै, परेवा उडान उनको अर्को रुची हो । फुटबलमा पनि उनको उत्तिकै रुची राख्छिन् । उनी इङ्ग्ल्याण्डको आर्सनल फुटबल क्लबकी फ्यान हुन् ।

६ इन्टरनेट

उनले सन् १९७६ मा पहिलोपटक इमेल पठाएकी थिइन् । इन्स्टाग्राममा भने उनले सन् २०१९ मा मात्र पहिलोपटक पोष्ट गरेकी हुन् ।

७ पहिचान लुकाएर भ्रमण

उनी आफ्नो पहिचान लुकाएर बेलाबेला भ्रमणमा निस्कने गरेकी छिन् । केही समयअघिमात्र उनी स्कटल्याण्डमा आफ्नो पहिचान लुकाएर निस्केकी थिइन् । त्यहाँ अमेरिकी पर्यटकसँगको संवादमा उनले आफ्नो घर नजिकै रहेको र आफूले महारानीलाई हालसम्म नभेटेको तर छेउमै रहेका प्रहरीले भने महारानीलाई भेटेको हुनसक्ने बताएकी थिइन् ।

८ रक्सी

उनी राती सुत्नुअघि हरेक दिन एक गिलास स्याम्पेन पिउने गर्छिन् । त्यसबाहेक लन्चअघि जीन र डुबानेई पिउँछिन् भने लन्चमा पनि उनी वाइन पिउने गर्छिन् । लन्चपछि पनि उनी ड्राई मार्टिनी पनि पिउँछिन् ।

९ भाषा

उनी फ्रेन्च भाषामा निपुण छिन् । केही वर्षअघि उनले फ्रान्सको भ्रमण गर्दा त्यहाँको संसद्मा फ्रेन्च भाषामै सम्बोधन गरेकी थिइन् ।

१० जन्मदिन

उनको जन्म सन् १९२६ अप्रिल २१ मा भएको हो । तैपनि बेलायती परम्पराअनुसार उनको औपचारिक जन्मदिन भने जुन महिनामा मनाइन्छ । यो परम्परा १८ औं शताब्दीबाट शुरु भएको बताइन्छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार