Friday April 19, 2024 | |

थाइल्याण्डको गुफामा फसे १३ किशोर, १० दिन सम्म भोकै गुफाको बास, उद्धारमा समस्या

featured-news

सुन्दै पनि कहाली लाग्छ – हिलो र पानीले भरिएको अनकंन्टार गुफामा १० दिन देखि १२ जना किशोर र एकजना युवक फसिरहेका छन् । हराएको ९ दिन सम्म त उनिहरुको कुनै अत्तोपत्तो थिएन । जब, खोजीकर्ताले भेटे बल्ल उनिहरुको अवस्था बाहिर आयो । १० औं दिनमा उद्धार टोली गुफामा फसेका उनिहरुलाई खाना र औषधी दिन सफल भयो ।

aaa(3)
गुफामा यसरी फसे १३ जना
जुन २३ तारिखका दिन फुटवलको अभ्यास खेलपछि घुम्नका लागि प्रशिक्षक सहित १२ जना किशोर थाइल्याण्डको चियंग रायमा रहेको थाम लुङ गुफामा पुगेका थिए । उनिहरु समुद्र किनारमा रहेको गुफाको बाटो हुँदै फसेको स्थान सम्म पुगेका थिए । त्यहाँ सम्म पुग्ने बाटो निकै साँघुरो थियो । त्यही बेला ठूलो पानी परेर बाढी आयो । यही कारण उनीहरु १० किलोमिटर लामो गुफाभित्रै रोकिए । जताततै पानी भरिएका कारण बाटो बन्द भयो र कतैबाट पनि बाहिर निस्कन सक्ने अवस्था रहेन । त्यसपछि उनिहरु जहाँ पुगे त्यही ठाउँमा बस्ने बाध्य बने

missing_player_1cAMoAlqvW

९ दिन पछि यसरी परे फेला
जब उनिहरु गुफा भित्र हराएको थाहा भयो त्यस लगत्तै उद्धारकर्ताहरु खोजीका लागि जुटेका थिए । सुरुमा उद्धारकर्ताले थाइल्यान्डको पताया विचको भुमिगत आधारमा फेला पार्ने अपेक्षा गरि खोजी थालेका थिए । तर ९ दिन पछि अपेक्षा गरिए भन्दा ४०० मिटर माथि फेला पार्न सफल भए । खोजीका लागि खटिएका वेलायती गोताखोर रिक स्टान्टन र जोन भोलान्थेनलाई किशोरहरु भएको स्थानमा पुग्न धेरै समय लागेका थियो । जब गोताखोरहरु यहाँ पुगे त्यस समयमा उनिहरु हिलो र पानीलाई छल्दै केही माथि बसेको भेट्टाए । थाइ नेभी सीलको स्पेशल फोर्सले फेसवुकमा पोष्ट गरेको भिडियोमा टर्चलाइटको मधुरो उज्यालोमा केही बालकहरु देखिन्छ । उद्धारका क्रममा गोताखोरको टर्चको उज्यालो पर्नेबित्तिकै यी किशोरहरुले भने – हामी भोकै छौं, के हामी बाहिर जान सक्छौं ? गोताखोरले भने – अहिले होइन । एक किशोरले सोधे कि आज कुन दिन हो ? गोताखोरले भने सोमबार, तिमीहरु यहाँ १० दिनदेखि छौं । तिमीहरु निकै मजबुत छौ ।

cave-epa-1


१० दिन सम्म भोक भोकै गुफामा
जुन २३ का दिन गुफामा फसेका उनिहरु खोजीकर्ताको ९ दिनको प्रयास पछि बल्ल भेटिएका थिए । उनिहरुलाई भेटेको दिन पनि खानेकुराको प्रबन्ध गर्न असफल उद्धारकर्ताले बल्ल १० औं दिन खानेकुरा र औषधी पुर्‍याउन सफल भए । गुफाभित्र उनिहरुलाई खाना र औषधि पुर्‍याउन एक डाक्टर र एक नर्ससहित सातजना गोताखोरहरू गुफाको भित्री भागमा उनीहरू फसेको ठाउँमा पुगेका थिए । डाक्टरका अनुसार गुफामा पिउन योग्य पानी भएका कारण सबै जना अहिलेसम्म जीवित छन् । गुफाभित्र अक्सीजनको कमी हुन नदिन २ सय सिलिण्डर पुर्‍याइएको छ ।

cave-epa
गुफाबाट बाहिर ल्याउन समस्या
लगातारको वर्षापछि गुफामा पानी झन् झन् भरिंदै गएको छ । उनिहरुलाई गुफाबाट उद्धार गर्न सकिने अवस्था छैन् । अहिले गुफामा सञ्चारका लागि टेलिफोन जडान गरिएको छ तर गुफामा पहिरो गयो भने उद्धारकर्ताको बालकसम्मको पहुँच समेत टुट्न सक्ने खतरा उत्तिकै छ । उद्धारकर्ताहरुले गुफाबाट प्रतिघण्टा १० हजार लिटर पानी बाहिर निकालिरहेका छन् । जसबाट गुफाको पानी प्रतिघण्टा एक सेन्टिमिटर मात्र घटिरहेको छ । यो अनुपातमा काम हुने हो भने पानी सुकाउन कम्तिमा १ महिना लाग्ने अनुमान छ । बीबीसीले जनाए अनुसार, गुफामा फसेका १३ जनाको उद्धारका लागि अहिले चीन, म्यानमार, लाओस, अष्ट्रेलिया, अमेरिका र बेलायत लगायतका देशहरुबाट १२ सय भन्दा बढी उद्धारकर्ताहरु लागि परेका छन् ।

thai1
को हुन् गुफामा फसेका किशोरहरु ?
गुफामा फसेका सबै १२ जना किशोर मू पा जसलाई वाइल्ड बोरका नामले चिनिने फुटबल टिमका सदस्य हुन् । २५ वर्षीय सहायक प्रशिक्षक इक्कापोल जनथावोंग कहिलेकाहीं बालकहरुलाई घुमाउन पनि लैजान्थे । दुई वर्ष पहिले पनि यही गुफामा उनीहरुलाई घुमाउन लगेका थिए । टिममा सबैभन्दा कान्छा खेलाडी ११ वर्षीय चेन टाइटन हुन् । उनी सात वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेका थिए । टिमका कप्तान १३ वर्षीय डुआंगपेट डोम हुन् । सबै किशोरहरुको एक दिन प्रोफेसनल फुटबलर बन्ने सपना छ । सबै खेलाडी अण्डर १६ फुटबल टिमका सदस्य हुन् । उनीहरुको उमेर ११ वर्षदेखि १६ वर्षको बीचमा छ । हराएको ९ दिनपछि आफ्ना सन्तान सकूसल रहेको खबर पाएपछि अभिभावकहरु सकुसल उद्दारको कामना गर्दै गुफाबाहिर पर्खाइमा छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार