Friday March 29, 2024 | |

रुसको राष्ट्रपतिमा पुन: पुटिन

featured-news

एजेन्सी, ५ चैत । रुसको राष्ट्रपति निर्वाचनमा भ्लादिमिर पुटिन भारी मतअन्तरले विजयी भएका छन् । अब उनी आउँदो ६ वर्षसम्म रुसको राष्ट्रपति रहने छन् । हिजो रुसमा सम्पन्न राष्ट्रपति निर्वाचन विपक्षीलाई ठूलो मतान्तरले पछि पार्दै पुटिन चौथो कार्यकालका लागि निर्वाचित भएका हुन् । अधिकांश मत गणना भइसक्दा पुटिनले ७६ प्रतिशत मत पाएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । पुटिनले सन् १९९९ देखि नै रुसको सत्ता सम्हाल्दै आएका छन् । प्रारम्भिक नतिजाले जित सुनिश्चित भएलगत्तै मस्कोमा निकालिएको विजयी ¥यालीलाई सम्वोधन गर्दै पुटिनले आफ्नो अघिल्लो कार्यकाललाई मतदाताले सही मूल्यांकन गरेको बताएका छन् । राष्ट्रपति चुनावमा सातजना उम्मेदवार थिए तर पुटिनसँग निकट प्रतिस्पर्धामा रहेका पावेल ग्रुदिनिनले जम्मा १२ प्रतिशत मात्रै मत प्राप्त गरेको जनाइएको छ । 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार