Thursday April 25, 2024 | |

ट्रम्पसँग नैतिक आदर्श नभएको दलाइ लामाको टिप्पणी

featured-news

एजेन्सी– तिब्बती धर्मगुरु दलाई लामाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नैतिक आदर्श नभएको टिप्पणी गरेका छन् ।

बीबीसीसँगको अन्तरवार्ताका क्रममा तिब्बती धर्मगुरुले ट्रम्पसँग नैतिक आदर्शको कमी रहेको जनाएका हुन् । भारतमा निर्वासित जीवन बिताइरहेका लामाले ट्रम्पको स्वभावबारे टिप्पणी गर्दै उनको मन बदलिरहने समेत बताए ।

उनले ट्रम्पको ‘अमेरिका पहिलो’ नीतिको समेत आलोचना गरेका छन् । अमेरिकासँग विश्वव्यापी जिम्मेवारी रहेको र ‘अमेरिका पहिलो’ नीति यो जिम्मेवारीबाट विमुख हुने किसिमको रहेको उनको भनाइ छ ।

आप्रवासनसम्बन्धी युरोपेली प्रवृत्तिबारे बोल्दै उनले ईयूले थप आप्रवासी स्वीकार गर्दै उनीहरूलाई शिक्षा र तालिम दिनुपर्ने बताए । त्यसो गर्दा ती आप्रवासी बलियो भएर आफ्नो देश फर्कने र देश बनाउन लामाको भनाइ छ ।

अन्तरवार्ताका क्रममा उनले तिब्बत फर्किने आशा अझै नमरेको तर चीन सरकारको सोच साँघुरो भएको बताए । अन्तर्वार्ताका क्रममा उनले आफ्नो उत्तराधिकारी महिला बनेमा उनी ‘आकर्षक’ हुनुपर्ने विवादास्पद धारणा व्यक्त गरे ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार