Tuesday March 19, 2024 | |

कुख्यात अन्तर्राष्ट्रिय अपराधिको सूचीमा ७९ नेपालीको नाम, चोर देखि गुण्डा नाइके समेत रेडकर्नर नोटिसमा

featured-news

काठमाडौं । लामो समय देखि प्रहरीको खोजी सूचीमा रहेका फरार माननीय राजीव गुरुङ उर्फ दीपक मनाङे अहिले इन्टरपोलको रेडकर्नर नोटिसमा परेका छन् । प्रहरी प्रवक्ता मनोज नेउपानेका अनुसार, प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित मनाङेलाई खोजी गर्न नेपाल प्रहरीको इन्टरपोल शाखाले नोटिस जारी गरेको हो । यो सँगै मनाङेलाई अब १ सय ९२ देशका प्रहरीले खोजी गर्नेछन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै  २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो । प्रदेश सांसद् मनाङे फौजदारी मुद्दामा दोषी ठहर भएको तथ्य बाहिर आएसँगै फरार छन् । उनले सांसदको शपथसमेत लिएका छैनन् ।

दिपक मनाङे रेडकर्नर सूचीमा पर्ने पछिल्लो नेपाली हुन् । प्रवक्ता नेउपानेका अनुसार मनाङे भन्दा अघि १४ जनालाइ नेपालीलाई प्रहरीले रेडकर्नर नोटिस जारी गरेर खोजीरहेको छ । 

यी हुन् नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेका नेपाली

भुपेन्द्र खड्का, काठमाडौं भक्तबहादुर लामा, नुवाकोटविष्णुबहादुर लामा, नुवाकोट रामबहादुर तामाङ, नुवाकोटकेशव दर्लामी मगर, धनकुटा फकिर रियाज, रुपन्देहीअंगवीर बोहोरा, दार्चुला रामकुमार यादव, सर्लाहीपशुपतीनाथ शुक्ला, कपिलवस्तु रुद्र अचार्य, चितवनएमडी सकिल हुसेन, सप्तरी ओकेन्द्रबहादुर सिंह, बाजुरापवन कुमार कार्की, काठमाडौं जीवनबहादुर अधिकारी, कास्कीदिपक मनाङे उर्फ राजीव गुरुङ, मनाङ
नेपाल बाहेक अन्य देशका इन्टरपोलले पनि ७९ जना नेपालीलाई विभिन्न अपराधको आरोपमा सूचीकृत गरेर खोजीरहेको छ । यस मध्य भारतको इन्टरपोलले २८ जना, अमेरिकी इन्टरपोलले ५ जना, आबुधावीको इन्टरपालले १५ जना, कतारको इन्टरपोलले ९ जना, साउदी अरेबियाको इन्टरपोलले ३ जना, मिन्स अर्थात बेलारुस, पोर्चुगल, पोल्यान्ड र बहराइनको इन्टरपोलले १/१ जना खोजिरहेको छ । यी मध्य रेडकर्नर नोटिसमा मात्रै २८ जना नेपाली छन् । अहिले रेडकर्नर नोटिर जारी गरि इन्टरपोलको वेभसाइटमा राखीएका नेपालीको विवरण यस्तो छ । 

यी हुन् विदेशबाट रेडकर्नर नोटिस जारी भएका नेपाली

विपिन विष्ट, हरिहर भुसाल, राजेश क्षेत्री, तहिर साह, देवी ओली, तुलराम बहादुर, विरेन्द्रबहादुुर थापा, चक्रसिंह ठकुरी, राजेश बहादुर, अनुप प्रधान, विनिता प्रधान, नुरमहोमद अन्सारी, सुर्यबहादुर तामाङ, मनोजकरण जैगादी, उमेश सापकोटा, छिरिङ टासी, कृष्णबहादुर औजी, राजेन्द्रबहादुर, अविशेष सिंह, रमेश बहादुर, प्रेम सिंह, माधवी श्रेष्ठ, खुमराज थापा, नन्नु मगर, चित्रइन्द्रबहादुर साउद, शिवराज फुलचन्द शर्मा, डोलबहादुर राजबहादुर शाही, भिमे दमाइ
प्रहरी प्रवक्ता न्यौपानेका अनुसार, चोरी, ठगी, हत्या, वन्यजन्तुको चोरी शिकारी, बलात्कार जस्ता गम्भीर अपराधमा मुछिएको भन्दै उनीहरूविरुद्ध रेडकर्नर नोटिस जारी भएको हो । नोटिस जारी भएपछि ती मुलुकको प्रहरीले अपराधीलाई पक्राउ गरेर सम्बन्धित देशलाई बुझाउनुपर्छ । पूर्व एआइजी नवराज ढकाल भन्छन् – विदेशी नागरिक त्यो देशमा अपराध गरेर नेपाल आएको अवस्थामा भने फर्काउन सकिन्छ । तर, अन्य देशमा अपराध गरेका नेपाली नेपालमा फेला परेपनि पक्राउ गरेर पठाउन भने मिल्दैन । सुपुर्दगी कानुन नभएका कारण नेपाली नागरिकलाई पक्राउ गरेर दोस्रो मुलुक पठाउन नमिल्ने भएको हो । नेपालमा सुपुर्दगी कानुन छैन, नेपाली नागरिकलाई दोस्रो मुलुकमा पठाउन मिल्दैन । तर, त्यो देशमा नेपालीले गरेको अपराध बमोजिम यहाँ पक्राउ गरेर सजाय दिन सकिन्छ । नेपालले विदेशीले उसको मुलुकमा अपराध गरेर नेपालमा बसेको पाए उसलाई त्यही देशमा पठाइदिने गरेको छ । 
के हो रेड कर्नर नोटिस ?

सूचना र प्रविधिको विका सँगै अपराध पनि अन्तर्राष्ट्रिय स्तरमा झाँगिदै गयो । यसरी बढेको अपराधको भौगोलीकरणसँगै समन्वय र सहकार्यका लागि इन्टरपोल गठन भएको हो । मुख्य गरी विभिन्न देशमा लुकेर बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरका प्रहरी संगठनभित्र सहकार्यका निम्ति अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सन् १९२३ मा गठन गरिएको हो । सन् १९९७ मा आबद्ध भएको नेपाल इन्टरपोलको सयौं सदस्य हो । इन्टरपोलमा हालसम्म १ सय ९२ देश सदस्य छन् । पूर्वएआइजी ढकालका अनुसार, इन्टरपोलले सम्बन्धित देशको प्रहरी संगठनको सिफारिसमा रेड कर्नर नोटिस जारी गर्छ । अदालतबाट मुद्दा फैसला भई अपराधी लुकीछिपी भागे वा लामो समय फरार भए, त्यस देशले इन्टरपोललाई रेडकर्नर नोटिस जारी गर्न अनुरोध गर्छ । सोही अनुसार इन्टरपोलका सदस्य राष्ट्रहरूलाई जहाँ भएपनि पक्राउ गरी कानुनी कारबाहीका लागि बुझाउन आग्रहसहितको फोटोसहित सूचना प्रवाह गरिन्छ । इन्टरपोलको आग्रहमा अपराधीलाई सम्बन्धित देशका प्रहरीले निगरानी गरिरहेका हुन्छन् । सोही अनुरूप खोजी कार्य हुन्छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार