Friday April 26, 2024 | |

विश्वमै पहिलोपटक यौन सम्पर्कबाट डेंगु भएको पुष्टी

काठमाण्डौ । एक जना पुरुषलाई यौन सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण भएको स्पेनका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । लामुखुट्टेको टोकाइबाट मात्रै सर्ने भनिएको डेंगी विश्वमै पहिलो पटक यौन सम्पर्कका माध्यमबाट सरेको पाइएको अधिकारीहरुले बताएका छन् ।

स्पेनको राजधानी मड्रिडका ४१ वर्षीय पुरुषमा यौन सम्पर्कको माध्यमबाट डेंगीको सक्रमण भएको देखिएको हो । क्युबा भ्रमणमा गएका बेला पुरुष साथीसँगको शारिरीक सम्पर्कपछि उनमा डेंगीको संक्रमण भएको मड्रिडमा रहेको पब्लिक हेल्थ डिपार्टमेन्टकी अधिकारी सुसाना जिमिनेजले बताईन ।

जिमिनेजका अनुसार एक पुरुष र एक महिलाबीच यौन सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण हुने कुरा दक्षिण कोरियामा हालसालै प्रकाशित वैज्ञानिक लेखको विषय थियो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार