Thursday March 28, 2024 | |

लिभरपुलको लज्जास्पद प्रदर्शन, नेपोलीसँग पनि पराजित

featured-news

युरोपेली च्याम्पियन लिभरपुललाई इटालियन क्लब नेपोलीले ३–० ले हराएको छ । प्रि-सिजनको मैत्रिपूर्ण खेलमा लिभरपुलले कुनै पनि खेलमा जित हात पार्न सकेन ।

यसअघि लिभरपुल जर्मन क्लब बोरुसिया डोर्टमण्ड र स्पेनिस क्लब सेभियासँग पराजित भएको थियो भने पोर्चुगिज क्लब स्पोर्टिङसँग बराबरीमा रोकिएको थियो ।

इडिनबर्गमा रहेकाे मुरेफिल्ड स्टेडियममा भएको खेलमा नेपोलीलाई जित दिलाउनका लागि लोरेन्जो इन्साइन नायक बने । तीनवटै गोलमा उनी प्रत्यक्ष रुपमा संलग्न भए ।

स्ट्राइकर लोरेन्जोले १७ औं मिनेटमा नेपोलीको खाता खोले । उनले ड्राइज मार्टिन्सको पासमा गोल गरेका थिए । २८ औं मिनेटमा इन्साइनको पासमा अर्काडिउज मिलिकले गोल गर्दै पहिलो हाफअघि नेपोलीलाई २–० को अग्रता दिलाए ।

५२ औं मिनेटमा उनले गरेको प्रहार गोलकिपरले रोकेका थिए । त्यसपछिको रिबाउण्ड बललाई अमिन युनुसले गोल गरेका थिए ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार