Saturday April 20, 2024 | |

कुवेतमा संक्रमित नेपालीको संख्या ८४ पुग्यो

featured-news

काठमाडौं- कुवेतमा ८४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

नयाँ तथ्याङक अनुसार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भए पछि कोरोना संक्रमित नेपालीको संख्या ८४ पुगेको छ। दूतावासका अनुसार यो नेपालीमा संक्रमण भएको ठूलो संख्या हो।

नेपाली सहित कुवेतमा नेपाली सहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको दूतावासले जनाएको छ ।

जसमध्य पछिल्लो २४ घण्टामा ३६४ जना नयाँ संक्रमित थपिएका हुन् । आइतबार एकै दिन कुवेतमा थप ५ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

कुवेतमा कोरोना संक्रमित ३ हजार १६९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्य ७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार