Thursday March 28, 2024 | |

चिनियाँ खोप कोरोना भेरिएन्टका बिरुद्ध प्रभावकारी नरहेको दाबी

featured-news

ब्राजिलले मुख्य प्राथमिकतामा प्रयोग गरिरहेको चीनमा उत्पादित कोरोनाभाक खोप नयाँ कोरोना भेरिउन्टका बिरुद्ध प्रभावकारी नरहेको अध्ययनले देखाएको हो । ब्राजिलको अमेजन क्षेत्रबाट कोरोना भाइरसको नयाँ भेरियन्ट पी वान फैलिएको हो ।

चिनियाँ कोरोनाभाक खोपले नयाँ पी वान संक्रमण बिरुद्ध कम प्रभाव देखाएको साओ पाओलो विश्वबिधालयका रिसर्चर विलियम डिसुजाले बताए । ब्राजिल, बेलायत र अमेरिकाका अनुसन्धानकर्ताहरुले गरेको अध्धययनले ब्राजिलमा फैलिएको नयाँ कोरोना भेरियन्ट बिरुद्ध कोरोनाभाक खोप अप्रभावी रहेको देखाएको हो । पाँच महिनाअघि कोरोनाभाक खोप लगाएका आठ जना व्याक्तिबाट प्लाज्मा संकलन गरि गरेको उपचारमा एन्टिबडी उत्पन्न नभएको अध्ययनले देखाएको छ ।

यधपी, यो अध्ययनमाथि थप बिस्तृत अध्ययन तथा बिश्लेषण हुन बाँकी नै छ । ब्राजिलमा नयाँ भेरियन्टको कोरोना भाईरस थप संक्रामक रहेको भन्दै चिकित्सकहरुले आगामी केही सातामा कोभिड १९ बाट मानवीय संकट आउने चेतावनि दिएको समचारपत्र वालस्ट्रिट जर्नलले जनाएको छ । यो पछिल्लो रिपोर्टबारे चिनियाँ खोप कम्पनिले हालसम्म कुनै जवाफ नदिएको रिसर्चर डिसुजाले बताएका छन् । कोभिड १९ बिरुद्ध सबैभन्दा कम प्रभावकारी खोपहरु मध्ये एक चिनियाँ कोरोनाभाक खोपको करिब ५० प्रतिशत मात्र प्रभावकारीता रहेपनि ब्राजिल ठुलो मात्रामा यहि खोपमा निर्भर रही खोप लगाईरहेको छ ।

स्रोत एन्डि टिभी

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार