Wednesday April 24, 2024 | |

काश्मिरको एक संगीत समूहल गाएको व्यंग्यात्मक कव्वाली गीत भाइरल

featured-news

श्रीनगर जिल्लाका स्थानीय कश्मीरी संगीत समूहले गाएको व्यंग्य भरिएको कव्वाली गीत सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त गीतको भिडियोमा कश्मिरको दयनीय बिजुलीको अवस्थालाई उजागर गर्न कव्वालीको रूपमा एउटा गीत गाएका छन्, जसले सबैको मन छोएको छ ।

कश्मीरका प्रख्यात कवि पीर जहूरले लेखेको गीतलाई युवा गायक–संगीतकार नासिर अहमद र उनका सहकर्मी अनस इब्न तारिक र अहमद साबिरले गाएका थिए। यस्तै, यस गीतको संगीत रसख इम्तियाजको रहेको छ भने भिडियो एमजे नासिरको ले बनाएका थिए ।

बिजुलीको कमजोर अवस्थालाई व्यंग्य गर्ने भएकाले यो कव्वाली जनतामाझ निकै लोकप्रिय बन्दै गएको छ । कव्वालीमा विद्युत् सङ्कटका लागि जनता र अधिकारी दुवै उत्तिकै जिम्मेवार छन् । नासिर अहमदले यस कव्वालीमा जनता र अधिकारी दुवैका कमजोरीहरूलाई व्यंग्यात्मक रूपमा उजागर गर्ने प्रयास गरेको बताए ।

सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले हास्यास्पद कव्वाली मार्फत वास्तविक तथ्य बताएको भनेर प्रतिक्रिया दिएका छन् । नासिर अहमद र उनका सहकर्मीहरूले यस कव्वाली मार्फत यस गम्भीर मुद्दामा ध्यानाकर्षण गराउँदै गर्दा कश्मीरका युवाहरूमा प्रतिभाको कमी नभएको प्रमाणित गरेको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार