Saturday September 21, 2019 | |

ओसाका र हलेप यूएस ओपन टेनिसकाे दाेस्राे चरणमा

featured-news

साविक विजेता जापनिज खेलाडी नाओमी ओसाका वर्षको अन्तिम ग्राण्डस्लाम यूएस ओपनको दोस्रो चरणमा प्रवेश गरेकी छिन् । न्यूयोर्कस्थित फ्लसिङ मिडोजमा भएको खेलमा ओसाकाले रसियन २० वर्षे खेलाडी एना ब्लिनकोभालाई दुई एकको प्रतिस्पर्धात्मक सेटमा हराइन् । जसमा ओसाकाले पहिलो सेट छ चारले जितेकी थिइन् भने दोस्रो सेट छ सातले हारेकी थिइन् ।

यस्तै, तेस्रो तथा अन्तिम सेटमा छ दुईको जित निकाल्दै ओसाकाले दोस्रो चरणमा स्थान बनाइन् । पहिलो सेटमा ओसाका चार एकले पछाडी रहेकी थिइन् । तर उनले उत्कृष्ट कमब्याक गर्दै सेट छ चारले जितेकी थिइन् । अब उनले दोस्रो चरणमा पोल्याण्डकी माग्दा लिनीटीसँग खेल्नेछिन् ।

अर्को खेलमा विम्बल्डन च्याम्पियन सिमोना हलेपले अमेरीकी खेलाडी निकोल गिब्सलाई तीन सेटमा नै पराजित गरिन् । उनले गिब्सलाई छ तीन, तीन छ र छ दुईको सेटमा पाखा लगाइन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार