Friday April 26, 2024 | |

मेलम्चीका हाकिम ट्याकंर व्यवसायी, मेलम्ची आउने अनिश्चित

featured-news

सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो– २७ माघ २०७५ ।  

तर खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले नियोजित रुपमा ठेकेदारलाई भगाए । आयोजनाले ठेकेदारलाई दिनै पर्ने भुक्तानी नदिएर भगाइएको थियो । 

ठेकेदारले काम छाडेको सात महिनासम्म कुनै काम सुरु भएको छैन । अझै मेलम्ची कति वर्षपछि आउँछ त्यो निश्चित छैन । मेलम्चीमा पानी उपत्यकामा नआए पनि ट्याकंर र जारबाट पानी आफूर्ति गर्दै आएका व्यापारीलाई भने दीर्घ लाभ प्राप्त हुँदै आएको छ ।

आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेल आफैँ बोलत, जार र ट्याकंरबाट विभिन्न सरकारी तथा गैरसरकारी निकायमा पानी आपूर्ति गर्ने उद्योग चलाएर बसेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विकास थापा र सुरेन्द्र काफ्लेले लेखेका छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार