Wednesday April 24, 2024 | |

हेलिकप्टर चढेर जेलबाट नै कुख्यात गुन्डा नाइके फरार, खोजीका लागि तीन हजार प्रहरी परिचालित

featured-news

कुख्यात फ्रान्सेली गुन्डा नाइके रिदुअन फइद, जो फ्रान्सको पेरिस स्थित जेलबाट नै हेलिकप्टर चढेर फरार भएका छन् । चौतर्फी सुरक्षा घेराका बाबजुत पनि उनि जेलमानै हेलिकप्ट मगाएर सुरक्षा घेरा तोड्दै भागेका हुन् ।

कसरि भागे त कुख्यात गुन्डा नाइके रिदुअन ?
रिदुअन, जेलको आगन्तुक कक्षमा आफ्ना भाई सँग कुराकानी गरेर बसिरहेका थिए । त्यही समयमा उनलाई जेलबाट भगाउन अत्याधुनिक राइफलसहित तीन जना हेलिकप्टर लिएर आए र जेल परिसरमै रोकिए । तीन जना मध्य १ जना बन्दुकधारी हेलिकप्टरको सुरक्षा गर्दै त्यहीं बसे । दुईजना बन्दुकधारी ओर्लिए र धूँवा फाल्ने बम र फलाम काट्ने हतियारको प्रयोग गरी रिदुअनलाई जेलबाट निकाले र सबैजना हेलिकप्टर चढेर फरार भए । उनिहरुले त्यहाँबाट हेलिकप्टर नजिकैको गोनिसी क्षेत्रमा पुर्‍याए र आफूहरु ओर्लिर भागे । घटनाको केही बेरमा प्रहरीले हेलिकप्टर भने फेला पारेको थियो ।

44478655_401

हेलिकप्टरका लिएर आएका पाइलट व्यावसायिक उडान तालिम दिने व्यक्ति हुन् र उनलाई ती बन्दुकधारीहरूले बन्धक बनाएर ल्याएका थिए । बन्धक बनाइएका पाइलटलाई पछि रिहा गरिएको थियो र आघातबाट पीडित पाइएकाले अस्पताल लगिएको थियो । हेलिकप्टरबाट ओर्लिएपछि रिदुअन एउटा कारमा चढेर ए वान मोटरवेतर्फ अघि बढेको थियो । अहिले उनको खोजीका लागि तीन हजार फ्रान्सेली प्रहरी परिचालित गरिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै एफएफपी समाचार संस्थाले जनाएको छ । ती भगौडा बन्दीलाई पक्रन हरसम्भव उपाय भइरहेको फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । हेलिकप्टर अवतरण गराइएको जेलभित्रको परिसर हेलिकप्टरलाई पासो थाप्न नसकिने उक्त जेलको एकमात्रै परिसर रहेको थियो । आइतवार अपरान्ह भएको उक्त घटनामा कोही पनि घाइते नभएको बताइएको छ । ४६ वर्षीय रिदुअन फइदलाई डकैती मुद्दामा २५ वर्ष जेल सजाय तोकिएको थियो ।

4DD3E84500000578-5906001-It_is_the_second_time_Faid_has_pulled_off_a_spectacular_jailbrea-m-14_1530515725435

को हुन् कुख्यात गुन्डा नाइके रिदुअन फइद ?
सन् १९७२ मा जन्मिएका रिदुअन पेरिस क्षेत्रमै हुर्किएका थिए । सन् १९९० को दशकमा फ्रान्सको राजधानीमा रिदुअनले सशस्त्र डकैती र फिरौती असुल गर्ने एउटा समूह सञ्चालन गरेका थिए । रिदुअनले आफ्नो जीवनशैली गुण्डा नाइके पात्र भएका हलिवूड सिनेमाबाट प्रेरित भएको बताउने गर्थे । अमेरिकी निर्माता माइकल म्यानका अपराध सम्बन्धी सनसनीपूर्ण चलचित्रबाट आफू प्रेरित भएको रिदअनले बताउँथे । बैंक डकैतीको सीप सिक्न दर्जनौं पटक चलचित्रहरू हेरेको उनले दाबी गरेका थिए ।

सन् १९९८ मा बैंक डकैती र चोरीका एउटा भन्दा बढी अभियोगमा पक्राउ परेपछि फइद थुनामा पर्ने र जेलबाट भाग्ने क्रम निरन्तर चलिरहेको छ । जेल तोडेर उनी भागेको यो दोस्रो घटना हो । सन् २०१३ मा उनले चारजना गार्डलाई कब्जामा लिएर कैयौं ढोकाहरू डाइनामाइट विस्फोट गराउँदै भागेका थिए । त्यसबेला उत्तरी फ्रान्सको जेलमा पुर्‍याइएको आधा घण्टामै उनी भाग्न सफल गएका थिए र ६ हप्तासम्म फरार रहेका थिए । त्यसो त फ्रान्सको जेलबाट हेलिकप्टरमा भाग्ने उनी पहिलो बन्दी होइनन् । सन् २००१ मा तीनजना सशस्त्र डाँकाहरू दक्षिणी फ्रान्सको एउटा जेलबाट भागेका थिए । यस्तै प्रवृत्तिबाट अन्तर्राष्ट्रिय लागू औषध तस्करीको सञ्जाल चलाउने आरोप खेपिरहेका बन्दीहरू पनि त्यसको दुई वर्षपछि भागेका थिए । एजेन्सी

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार