Saturday April 27, 2024 | |

यी हुन् विश्वकप क्रिकेट– २०१९ का उत्कृष्ट पाँच बलर

featured-news

एजेन्सी । इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०१९ को च्याम्पियन बन्यो । २३ वर्षपछि विश्व क्रिकेटले नयाँ च्याम्पियन पाउँदा इङ्ल्यान्ड घरेलु मैदानमा भाग्यमानी भयो । इङ्ल्यान्डका लागि यो विश्वकप विशेष रहँदा फाइनल नपुगे पनि अन्यका टोलीका खेलाडीका विश्वकप लागि विशेष रह्यो । विश्वकप क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी र सर्वाधिक रन बनाउने खेलाडी फाइनल पुगेको टोलीभन्दा अलग थिए । भारतका रोहित शर्माले टोलीलाई फाइनलमा पु¥याउन नसकेपनि पाँच कीर्तिमानी शतक बनाए । उनी यो विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्षस्थानमा रहे । ६७ चौका १४ चौकाको मद्दतमा रोहित ६ सय ४८ रन बनाए । 
सेमिफाइनलबाट बाहिरिए पनि अष्ट्रेलिया मिचेल स्टार्कका लागि यो विश्वकप विशेष रह्यो । उनी २७ विकेटसँगै सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहे ।  तर, विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी भन्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले धेरै चर्चा पाए । हामी अब एकदिवसीय विश्वकप २०१९ मा उत्कृष्ट प्रदर्शन गर्ने पाँच बलरको चर्चा गर्नेछौँ । 
५) म्याट हेनरी (न्युजिल्यान्ड)


विश्वकप हुनुभन्दा अघि टिम साउथी न्युजिल्यान्डका लागि खेल्ने आशा थियो । न्युजिल्यान्डको टिमले भने २७ वर्षीय खेलाडी म्याट हेनरीलाई खेलमा राख्ने निर्णय ग¥यो ।  हेनरीले ९ खेलमा १४ वटा विकेट लिए । हेनरीको सुरुवाती प्रदर्शन निकै नै उत्कृष्ट थियो । हेनरीले श्रीलंकाविरुद्धको पहिलो खेलमा नै ३ विकेट लिएका थिए । यसैगरी उनले बंगलादेश विरुद्धको खेलमा ३ विकेट लिएर उनले टिममा राम्रो छबि बनाए ।

उनको उत्कृष्ट प्रदर्शन भारतविरुद्धको सेमिफाइनलमा देखिएको थियो । उक्त खेलमा हेनरीले भारतका ३ उत्कृष्ट खेलाडीको लगातार विकेट लिएका थिए । 

४) शाहिन अफ्रिदी (पाकिस्तान)

पाकिस्तानका तीव्र गतिका बलर शाहिन अफ्रिदी सर्फराजको टिममा पर्ने आश कसैले गरेका थिएनन् । हसन अलीको कमजोर प्रदर्शनले गर्दा पाकिस्तान बलरको खोजीमा थियो । यही मौका शाहिनले छोपे । युवा खेलाडी जसले मात्र ५ खेलमा १६ वटा विकेट लिए । 

शाहिन अफ्रिदी यस प्रतियोगिताको सबैभन्दा बढी विकेट लिने पाकिस्तानका दोस्रो खेलाडी हुन् । उनी मोहमद अमिरको भन्दा एक विकेटले मात्र पछि छन् । मोहमद अमिरले ८ खेल खेलेका थिए । अफ्रिदीले अफगानिस्तान र न्युजिल्यान्ड विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । पाकिस्तानको बंगलादेशविरुद्धको अन्तिम खेलमा पनि अफ्रिदीले निकै राम्रो प्रदर्शन गरेका थिए । जुन खेलमा उनले ६ वटा विकेट लिएका थिए । एक खेलमा ६ विकेट लिने यो प्रतियोगितामा उनी एक मात्र खेलाडी हुन् ।   

३ जसप्रित बुम्रराह (भारत)

जब बुम्रराहले भारतीय क्रिकेटमा आफ्नो पाइला हालेदेखि उनी टिमको प्रमुख अंग बने । बुम्रराहले विश्वकपमा निकै राम्रो प्रदर्शन गरे । उनले प्रतिस्पर्धामा निकै धातक बलरको रुपमा आफूलाई सबैसामू चिनाए । अहमवादका २५ वर्षीय बुमराहले ९ खेलमा १८ ब्याट्सम्यानलाई मैदान छाड्न बाध्य बनाए । श्रीलंकाले ३७ रन बनाउँदा उनले ३ विकेट लिएका थिए जसले गर्दा भारत सूचीको पहिलो स्थानमा पर्न सफल भयो ।
यसैगरी उनले बंगलादेशविरुद्धको खेलमा बंगलादेशले ५५ रन बनाउँदा ४ विकेट लिएका थिए । 

२) जोफ्रा आर्चर (इङ्ल्यान्ड) 

जोफ्रा आर्चर पहिले वेस्ट इन्डिजका खेलाडी हुन् । उनले पहिलो वेस्ट इन्डिजबाट क्रिकेट खेलेका थिए । विश्व क्रिकेट जगतमा उत्कृष्ट बलरको पहिचान बनाएका आर्चरले हाल इङ्ल्यान्डलाई विश्वकप क्रिकेट जिताउन महत्वपूर्ण भूमिका खेले । 

आर्चरले साउथ अफ्रिकाविरुद्धको पहिलो खेलमा दुर्लभ तीन विकेट लिए । यसैगरी अर्को खेलमा बंगलादेश उनको शिकार बन्यो । बंगलादेशका तीन खेलाडीको विकेट लिन सफल भए आर्चर । तर आर्चर रोकिनेवाला थिएनन् । वेष्ट इन्डिजविरुद्धको खेलमा पनि उनले तीन विकेट झारे । उनी आफ्नो इतिहास रच्ने मनसायले मैदानमा आएका थिए । इङ्ल्यान्डले विश्वकप नजित्दासम्म उनले आफ्नो खेल देखाइरहे ।
उनले प्रतियोगिताको अन्त्यसम्म २० विकेट लिएका थिए ।

१) मिचेल स्टार्क (अस्ट्रेलिया)

मिचेल स्टार्क यो विश्वकपमा सर्वा्धिक विकेट लिने खेलाडी हुन् । उनले अष्ट्रेलियाका लागि प्रतियोगिताभर २७ विकेट लिए । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेपनि उनले अष्ट्रेलियालाई उपाधि भने दिलाउन सकेनन् । अस्ट्रेलियाका स्पिड किङ मिचेल स्टार्कको इङ्ल्यान्ड बसाइ निकै नै शानदार रह्यो । तर अस्ट्रेलियको अन्त्य त्यसरी होला भनेर कसैले सोचेको पनि थिएन । 

स्टार्कले वेष्ट इन्डिजविरुद्ध पाँच विकेट लिए । यसैगरी श्रीलंकाविरुद्ध पनि ४ विकेट लिए ।  आफ्नो छिमेकी न्युजिल्यान्डविरुद्ध स्टार्कले पाँच विकेट लिए यद्यपि न्युजिल्यान्डले २६ रन मात्र बनाएको थियो । स्टार्कले सबैभन्दा बढि विकेट लिने ग्लेन म्याकग्राथको रेकर्डलाई पनि तोडेका थिए ।
 

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार