Friday April 26, 2024 | |

हराउँदै लमी परम्परा, अहिले केटालाई केटी, केटीलाई केटा कमै खोज्नुपर्छ

featured-news

काठमाडौँ। असार महिना बिहेको मौसम । पहिले–पहिले भए यो महिना दिलमाया तुलाधरलाई केटा र केटी पक्षको कुरो मिलाउँदैमा एकछिन फुर्सद हुँदैनथ्यो तर अचेलको असार मात्र होइन, मङ्सिरमा पनि उनलाई फुर्सदै फुर्सद हुन्छ । यो असारमा दिलमाया घरमै आरामसँग बत्ती कातेर बिताउँदै छिन् 

उपत्यकाका रैथाने नेवार समुदायमा पनि पहिले–पहिले ‘लमी’कै भरमा बिहे गराउने चलन थियो । केटा वा केटीको बिहेमा ‘लमी’ले अभिभावकभन्दा ठूलो भूमिका निर्वाह गरेका हुन्थे तर अहिले शिक्षा र प्रविधिको विकाससँगै लमीको काम सबै केटाकेटी अफैँले गर्ने गरेको छ । फेसबुकबाट चिनजान हुन्छ । कलेजमा एक अर्कासँग प्रेम पर्छ । त्यसैलै अहिले केटा वा केटी खोज्न लमी नचाहिने स्थिति हुँदै गएको छ । विगत ४० वर्षदेखि लमीको काम गर्दै आएकी असन निवासी तुलाधर भन्छिन्, “लमीको काम पुण्यको काम भनिन्छ तर यही कामबाट मैले मेरो घर चलाएकी थिएँ । अहिले भने विवाहका लागि हामी चाहिँदैन, जसको पनि प्रेमी, प्रेमिका छ भन्छन् । कुरो लिएर जान पनि लाज हुन्छ । ” 

त्यति बेलाका ‘लमी’को भूमिका केटा वा केटी जुटाइदिने मात्रै हुँदैन्थ्यो । आफूले खोजिदिएको बेहुलीको बाटैमा निधन भयो भने पनि उसको काजकिरिया लमीले नै गर्नुपथ्र्याे । 
त्यतिबेला नेवार समुदायमा प्रायः केटाको विवाह गराउन लमीकै बाटो अपनाउने चलन भएको बताउँदै तुलाधरले लमीले केटीको घरमा गएर विवाहको छिनोफानो टुङ्ग्याउने, त्यसपछि बेहुलाका बुबा र लमी गएर बेहुली ल्याउँथ्यो । घरमा ल्याइसकेपछि मात्रै बेहुलाले बेहुलीलाई प्रत्यक्ष रूपमा हेर्न र कुराकानी गर्न पाउने चलन रहेको जानकारी दिइन् । 

संस्कृतिविद् डा. सत्यमोहन जोशीका अनुसार विवाहका बेला लमीलाई नै केटी खोज्न र रोज्न पठाइन्थ्यो । लमीले केटालाई केटीका गुण र चरित्रबारे जानकारी गराउँछ । सोहीअनुसार केटाका आफन्तलाई बुझाउँछ । यतिकैमा केटी पक्षका मञ्जुर भए भने लमीले दुवै पक्षतिर विवाह गर्ने टुङ्गो लगाएर केटीको घरमा जान्छ । 

उनले यसरी जमानत बसेर विवाह गराउँदा त्यतिबेलाको समाजमा कुनै पनि किसिमका नराम्रो घट्ना नभएको बताए ।

जोशीले माइतबाट विवाह गरेर बेहुलाको घर ल्याउँदै गर्दा कुनै कारणले बेहुलीको मृत्यु भयो भने त्यतिबेलाको भागिदारसमेत लमी नै हुनुपर्ने परम्परा रहेको सुनाउँदै अहिले भने लोप भएको जानकारी दिए । गाेरखापत्रमा याे खबर छापिएकाे छ । 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार