Friday March 29, 2024 | |

देशको वर्तमान आर्थिक स्थिति सार्वजनिक

featured-news

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको सार्वजनिक गरिएको रिपोर्टमा मुद्रास्फीति ७।३८ प्रतिशत रहेको छ ।

आयात नियन्त्रण र रेमिट्यान्स वृद्धि हुँदा शोधनान्तर स्थितिको बचत पनि बढ्दै गएको छ । शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा रहेको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको हो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको ५ महिनामा ३४ करोड ६८ लाखले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार