Tuesday April 23, 2024 | |

तनहुँमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १३ सवारी नियन्त्रण

featured-news

तनहुँ – अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन् गरेको अवस्थामा प्रहरीले १३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

तनहुँका विभिन्न स्थानीय तहमा अवैधरूपमा उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरीले चार एक्साभेटर, दुई जेसिभी, चार ट्र्याक्टर र तीन टिपर नियन्त्रणमा लिएको हो ।

म्याग्दे गाउँपालिका–५ छाङ्पाटनमा नदी बगरबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा ग१क २८७९ को जेसिभीलाई नियन्त्रणमा लिइएको छ । उक्त सवारीलाई कारवाहीका लागि पठाइएकामा म्याग्दे गाउँपालिकाले रु २० हजार जरिवाना गरेको छ ।

व्यास नगरपालिका–७ गलमखोलास्थित सामुदायिक वनको निषेधित क्षेत्रमा अवैधरूपमा ढुङ्गा उत्खनन गर्दै गरेको अवस्थामा ना१क ६२५२ नंको एक्साभेटरसहित ग१त ६०९८ नंको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि पठाइएकामा व्यास नगरपालिकाले रु २० हजार जरिवाना गराएको छ ।

भीमाद नगरपालिका–५ एक्ले भन्ने ठाउँमा बिनाइजाजत गिट्टी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा एक्साभेटरसहित बालुवा लोड गरेको ग१त ४०६१ नंको टिपरलाई नियन्त्रणमा लिइएको छ ।

शुक्लागण्डकी नगरपालिका–८ मा रहेको जमिनबाट बिनाइजाजत ढुङ्गा, माटो उत्खनन गरिरहेको अवस्थामा ग१क ३४३५ नंको एक्साभेटरसहित लोड गरिरहेका ग१त ३१९०, ग१त ३४२१ र ग१त ३०७० नंको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि शुक्लागण्डकी पठाइएकामा रु ५६ हजार जरिवाना भएको छ ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार