Friday April 26, 2024 | |

ताइवानमा समलिङ्गी विवाहलाई कानूनी मान्यता

featured-news

ताइवान-ताइवानको संसद्ले एशियामै पहिलोपटक समलिङ्गी विवाहलाई कानूनी मान्यता दिएको छ । समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने विषयमा तीन विधेयकहरु प्रस्ताव गरिएकोमा सबैभन्दा प्रगतिशील विधेयकलाई ६६ काविरुद्ध २७ मतबाट पारित गरिएको बताइएको छ । यसअनुसार समलिङ्गीले विवाहपछि अर्कैले जन्म दिएका छोराछोरी पाल्न समेत सक्नेछन् ।

यो विधेयकलाई राष्ट्रपति साई इन वेङले हस्ताक्षार गरेपछि औपचारिक रुपमा कानून लागू हुनेछ ।

यसअघि सन् २०१७ मा त्यहाँको सर्वोच्च अदालतले समलिङ्गीलाई पनि विवाह गर्ने अधिकार रहेको भन्दै सरकारलाई समलिङ्गी विवाहलाई कानूनी मान्यता दिनेगरी व्यवस्था गर्न आदेश दिएको थियो । उक्त आदेशको म्याद मे २४ मा सकिनुअगावै ताइवानले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिएको हो ।

संसद्ले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिएपछि ठूलो सङ्ख्यामा समलिङ्गी तथा समलिङ्गी अधिकारकर्मी संसद् भवन अगाडि भेला भएर खुशीयाली मनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार