Friday April 26, 2024 | |

हैदरावादलाई हराउँदै दिल्ली फाइनल नजिक

featured-news

२६ वैशाख, काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

बुधबार राति भएको इलिमिनेटर राउण्डमा दिल्लीले सनराइजर्स हैदरावादलाई दुई विकेट ले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । १६३ रनको चुनौती पछ्याउँदै ब्याटिङ थालेको दिल्लीले एक बल बाँकी छदा ८ विकेटको क्षतिमा लक्ष्य भेटायो । 

दिल्लीको जितमा पृथ्वी शाले ५६ रन बनाए । उनले ३८ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै, दिल्लीलाई जिताउन रिषव पन्तले उत्कृष्ट प्रदर्शन गरे । उनले ४९ रन बनाए । २१ बलको सामना गरेका उनले ५ छक्का र दुई चौका प्रहार गरेका थिए । त्यस्तै, शिखर धवनले १७ रन बनाउँदा कोलिन मुनरोले १४ रन बनाएका थिए ।

हैदरावादका खलिल अहमद र राशिद खानले समान २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङमा गरेको हैदरावादले २० ओभरमा ८ विकेटको क्षतिमा १ ६२ रन बनाएको थियो । हैदरावादका लागि मार्टिन गुप्टिलले ३६, मनिष पाण्डेले ३० र कप्तान केन विलियम्सनले २८ रन बनाएका थिए ।

अब फाइनल प्रवेशका लागि दिल्ली दोस्रो क्वालिफायरमा चेन्नाई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । चेन्नाई र दिल्लीको खेल भोली -शुक्रबार) हुनेछ । यी दुई टिमबीचको विजेताले फाइनलमा मुम्बई इन्डियन्सविरुद्ध उपाधिका लागि खेल्नेछ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार