Friday April 26, 2024 | |

बाल यौन दुराचारमा अष्ट्रेलियाका क्याथोलिक कार्डिनल दोषी ठहर

featured-news

एजेन्सी– अष्ट्रेलियाका क्याथोलिक कार्डिनल जर्ज पेलले बाल यौन दुराचार गरेको अभियोगमा दोषी ठहर भएका छन् ।

रोमन क्याथोलिक धर्मका इसाई धर्मगुरु पोप फ्रान्सिसका निकटतम सल्लाहकार तथा भ्याटिकनका ट्रेजरर कार्डिनल पेलले दुई बालकमाथि यौन दुराचार गरेको अभियोगमा अष्ट्रेलियाको अदालतले दोषी ठहर गरेको हो ।

सन् १९९० को दशकमा अष्ट्रेलियाको मेलबर्न शहरमा रहेको सेन्ट प्याट्रिक्स गिर्जाघरमा उनले १२ र १३ वर्षका दुई बालकमाथि यौन दुराचार गरेको अदालतको ठहर छ ।

बाल यौन दुराचारमा दोषी ठहर हुने पेल क्याथोलिक धर्मका सबैभन्दा उच्च तहका धर्मगुरु हुन् । यता कार्डिनल पेलले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

यद्यपि भ्याटिकनले भने पेललाई दोषी ठहर गरिएको विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार