Friday April 26, 2024 | |

बेल्जियम र फ्रान्स, कस्ले फाइनलमा स्थान बनाउला ?

featured-news

काठमाडाैं । रुसमा जारी विश्वकप फुटवल करिव–करिव अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा अन्तिम चारमा पुग्ने सबै टोली टुंगो लागेपछि अव उपाधी कस्ले चुम्ला भन्ने कौतुहलता बढाएको छ । जारी प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चारमा पुगेका चार युरोपेली राष्ट्रमध्ये फाइनल प्रवेशका लागि आज दुई टोली फ्रान्स र बेल्जियम मैदानमा उत्रिदैछन् ।

खेल नेपाली समयअनुसार राति पौनै १२ बजेवाट शुरु हुने पहिलो सेमिफाइनल खेलमा फ्रान्स र बेल्जियम भिड्दैछन् । यी दुबै टोली आगामी आइतबार लुज्निकी रंगशालामा हुने बहुप्रतिक्षीत फाइनल खेल्नका लागि मैदानमा हदैसम्मको सर्घष गर्नेछन्।

फ्रान्स र बेल्जियम सेन्ट पिटर्सवर्ग रंगशालामा राती पौने १२ बजे भिड्दैछन् । यो खेलले १९९८ को ईतिहास दोहो¥याउने दाउँमा रहेको फ्रान्सको सपना समाप्त हुनेछ वा पहिलो विश्वकपको खोजीमा रहेको गोल्डेन जेनेरेसनको बेल्जियमलाई स्तव्ध पार्नेछ । तर दुवै टोली जीतको खेजीमा नै हुनेछन् ।

खेलको विजेताले जुलाई १५ मा मस्कोको लुज्नििकि रंगशालामा हुने फाइनल खेल्नेछ । क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेलाई र बेल्जियमले पाँच पटकको विश्व विजेता ब्राजिललाई हराउँदै सेमिफाइनलमा भेट पक्का गरेका थिए । फ्रान्सले समूह चरणको पहिलो खेलमा अष्ट्रेलिया माथि २–१ को जित, दोस्रो खेलमा पेरुमाथि १–० को जित र अन्तिम खेलमा डेनमार्कविरुद्ध बराबरी खेल्दै समूह ‘सी’को विजेताको रुपमा प्रि–क्वार्टर फाइनल प्रवेश गरेको थियो ।

त्यस्तै प्रि–क्वार्टरफाइनलमा अर्जेन्टिनामाथि ४–३ को जित निकाल्दै क्वाटरफाईनल पुगेको फ्रान्सले क्वाटरफाईनमा भने उरुग्वेलाई २ ० ले पन्छाउदै सेमिफाइनल सम्म पुगेको हो । बेल्जियमबिरुद्धको सेमिफाईनल खेलमा फ्रान्सका युवा खेलाडी किलियन एम्बाप्पेमाथी सबैको नजर हुनेछ ।

नयाँ पेलेका रूपमा उदाइरहेका एम्बाम्पेले यसअघिका खेलमा गरेको प्रर्दशनले सवत्र चर्चा बटुलिसकेका छन् । त्यस्तै जारी विश्वकपमा अपराजीत रहदै सेमिफाइनलसम्म पुगेको बेल्जियम समुह चरणमा पनामालाई ३–० ले हराएर रुस विश्वकपका सानदार सुरुआत गरेको थियो र त्यसलाई सेमिफाईनलसम्म निरन्तरता दिएको छ । उसले पाँचै खेल निर्धारित समयमै जितेको छ ।

बेल्जियमले क्वाटरफाइनलमा उपाधिको सबैभन्दा बलियो दाबेदार मानिएको ब्राजिललाई २–१ ले पराजित गरेको थियो । बेल्जियमका फरवार्ड रोमेलु लुकाकु र इडन हाजर्डले सुरुवाती खेलदेखि नै उत्कृष्ट प्रर्दशन गर्दे आएका छन् । आजहुने सेमिफाईनमा पनि यी दुबै खेलाडीलाई जीतका लागि महत्वपुर्ण सावित हुन सक्ने खेलाडीका रुपमा हेरिएको छ । आज सेमिफाइनलमा पराजित दुई टोलीमध्ये एक टोली तेस्रो स्थानका लागि आगामी शनिबार सेन्ट पिटर्सवर्ग रंगशालामा नेपाली समयअनुसार साँझ पौने ८ बजे खेल्नेछन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार