Saturday April 27, 2024 | |

अष्ट्रेलियमा चम्किँदै सन्दीप, दोस्रो खेलमा लिए ३ विकेट

featured-news

काठमाडौं  । अष्ट्रेलियाको चर्चित टी-ट्वान्टी क्रिकेट प्रतियोगिता बिग बास लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा सन्दीप लामिछानेले ३ विकेट हात पारेका छन् ।

होबर्ट हुरिकेन्स विरुद्धको खेलमा सन्दीपले कप्तान म्याथु वेडसहित ३ ब्याट्सम्यानको विकेट लिएका हुन् । सन्दीपले ४ ओभर बलिङ गरेर २४ रन खर्चिए ।

आफ्नो पहिलो ओभरमा एलेक्स डूलनको विकेट लिएका सन्दीपले तेस्रो ओभरमा कप्तान म्याथु वेडलाई आउट गरे । अर्धशतकीय पारी खेलेका वेडलाई सन्दीपले अर्का स्पीनर एडम जम्पाको हातबाट क्याच गराएका हुन् ।

आफ्नो स्पेलको अन्तिम ओभरको पहिलो बलमा बेन मकडर्मोटलाई एलबीडब्लू धरापमा पार्दै सन्दीपले प्रतियोगितामा पाचौं विकेट हात पारे ।

यसअघि सिड्नी थण्डरसँगको पहिलो खेलमा सन्दीपले २ विकेट लिएका थिए । उक्त खेलमा सन्दीपको टीम मेलबर्न स्टार्स पराजित भएको थियो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार