Wednesday April 24, 2024 | |

एनसीसी बैंक घोटाला प्रकरण : १३ जना फन्दामा, ३० जना भन्दा बढी अनुसन्धानको दायरामा

featured-news

काडमाडौं । गत शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडमा छापा मारी तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक समितिका अध्यक्षसहित १३ जनालाई पक्रियो । सिआईवी प्रमुख डिआइजी पुस्कर कार्कीका अनुसार, दुई अर्ब रुपैयाँ घोटाला गरेको आरोपमा बैंकको बोर्ड बैठक बसिरहेकै वेला प्रहरीले उनिहरुलाई पक्रिएको हो ।
यी हुन पक्राउ पर्ने व्यक्तिहरु
–विष्णु प्रसाद धिताल, तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको अध्यक्ष
–ईच्छा बहादुर गुरुङ, तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
–सुवर्ण राज भण्डारी, तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
–मधुवन लाल श्रेष्ठ, तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
–ऋषी राज भट्ट, तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको निमित्त कार्यकारी अधिकृत
–दुर्गा दत्त जोशी, तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको वरिष्ठ प्रबन्धक
–रामचन्द्र बसौला, तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक
–बिकास श्रेष्ठ, तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
–सागर नेउपाने, तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको लोकन्थली शाखा प्रमुख
–मान ब. राउत, तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
–विनितमणि उपाध्याय, तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक
–मोहन खरेल, तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको कर्जा अधिकृत
–सुदिप थापा, तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
पक्राउ परेका यीनिहरुलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भैरहेको सीआइवीले जनाएको छ । चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्न बाँकी रहेको बैंकले यही विषयमा छलफल गर्न शुक्रवार सञ्चालक समितिको बैठक डाकेको थियो । संस्थापकमा रहेका एनबी समूहका लक्ष्मी बहादुर श्रेष्ठ र जीत बहादुर श्रेष्ठले हकप्रद नसकार्ने बताएपछि समाधानको लागि बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपाने लगायतले शुक्रबार नै गभर्नर डा. चिरञ्जीवि नेपाल र प्रवक्ता तथा नियमक बिभाग प्रमुख नारायण पौडेललाई समेत भटेका थिए । त्यही क्रममा सञ्चालक समितिमा सीआइबीले छापा मारेको थियो । राष्ट्र बैंकले नै केही दिन अघि सीआईबीलाई कारवाहीको लागि पत्राचार गरेको थियो ।
सीआईबीका अनुसार तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्जका शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेर १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ घोटाला भएको छ । करिब २६ जना नक्कली ऋणि तयार पारेर पुँजी अपचलन गरिएको थियो । खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋण जारी गरेको थियो । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्जर भइसकेको छ ।
के भएको थियो ?
कमशल धितो भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाहरुको अधिक मुल्यांकन गरी कर्जा लगानी गरेको पाइएको प्रहरी अनुसन्धानमा देखिएको छ । यस्तै कृतिम ऋणीहरु समेत खडा गरि कर्जा प्रवाह गरेको सीआइवीले जनाएको छ । निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको, ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको कागजपत्रमा देखिएको छ । मोटरबाटो नभएको भिरालो पाखो बारीहरु खेत वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित समेत बैंकका अधिकारीहरुले गरेका थिए । धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच, रोक्का, कर्जा तमसुक, कर्जा प्रवाह एकै दिनमा गरेको देखिंदा अनियमिततालाई थप पुष्टि गरेको प्रहरीको दावी छ । कमशल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको, कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको, सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पून दोस्रो कर्जा प्रवाह गरेको देखिएको छ । एउटै व्यक्तिहरु संचालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण समेत गरेको प्रहरीको भनाई छ । सर्वसाधारण निक्षेप कर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको र अधिकांश धितो मुल्यांकन प्रतिवेदनहरु यथार्थपरक नरहेको अनुसन्धानले देखाएको सीआइवीले जनाएको छ । यता राष्ट्र बैंकले पनि बैंक हस्तक्षेपको तयारी थालेको बुझिएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार