Friday April 26, 2024 | |

भारत र इजिप्टको सम्बन्ध थप मजबुत हुँदै

featured-news

नयाँ दिल्ली– इजिप्ट र भारतको सम्बन्ध थप मजबुत हुँदै गएको बताइएको छ । भारतको गणतन्त्र दिवसमा अतिथि पाहुनाको रुपमा आएका इजिप्टका विश्लेषक मोहम्मद सोलिमानले इजिप्ट र भारतको सम्बन्ध थप मजबुत हुँदै गएको बताएका हुन् । उनले दुई देश बीच रक्षा, सुरक्षा, प्रतिआतंकबाद लगायतका क्षेत्रमा दुई देश रणनीतिक तथा आर्थिक साझेदारको रुपमा उभिरहेको बताएका छन् ।

उनले भारतले इजिप्टलाई गहुँ निर्यातको प्रतिबन्धको माजबुट निर्यात गरेको थियो । यस्तै, भारतले इजिप्टलाई ओषधीमा पनि सहयोग गर्दै आएको छ ।

इजिप्टले भारतजस्ता उदीयमान अर्थतन्त्रसँग साझेदारी गरेर आर्थिक पुनरुत्थानलाई टेवा दिन सक्ने उनले बताए । इजिप्टले आफ्नो सार्वभौमसत्ता वा विचारधारालाई बाधा नपर्ने गरी भारतको विकासका लागि अझ बढी भरपर्दो साझेदार पाउन सक्छ। स्वेज नहर आर्थिक क्षेत्र लाई विश्वव्यापी उत्पादन केन्द्रको रूपमा विकास गर्ने योजनाले अहिले महत्वपूर्ण भएको उनले बताए। भारतले यी लगानीका अवसरहरूको सदुपयोग गर्न सक्छ र भारतीय फर्महरूले स्वेज नहर आर्थिक क्षेत्रमा आवश्यक प्रोत्साहनका साथ लगानी गर्न सक्ने उनले बताए । (एएनआई)

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार