Saturday April 27, 2024 | |

चीनको महत्वाकांक्षी चीन–नेपाल रेल परियोजनाले नेपालमा थोरै मात्रै समर्थन पाउने

featured-news

अवरुद्ध नेपाल–चीन रेलवे लाइनको विवाद अझै समाधान हुन सकेको छैन राष्ट्रपति सी जिनपिङहाडले सन् २०१९ मा प्रस्तावित लाइन नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित राष्ट्रमा परिणत गर्ने बताएका थिए । तर तीन वर्षौं बितिसक्यो तर अझै पनि उक्त परियोजनाले नेपाली नेतृत्व, इन्जिनियर वा पर्यावरणविद्ब बाट खासै सहयोग पाउन सकेको छैन ।

चीनले १७० किलोमिटर ट्रान्स हिमालयन तिब्बत–नेपाल रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्ने योजना बनाए पनि वातावरणीय र प्राविधिक प्रश्नहरू निकै रहेको छ । यस्ता चिन्ता नेपाली विज्ञहरुले उठाएका छन् ।
सन् २०१८ को अन्त्यतिर चीनले नेपालका लागि रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन गरेको थियो जसले स्पष्ट रूपमा यो भुभाग ग्राडियन्टका कारण निकै कठिन परियोजना भएको जनाएको थियो । यस अध्ययनले ७२.५ किलोमिटर खण्डका लागि २.७५ अर्ब अमेरिकी डलरको लगानी अनुमान गरेको छ तर विडम्बना, अध्ययनको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन ।

जसले गर्दा प्रस्तावित रेलमार्गको सम्भाव्यतामाथि नै नेपालमा शंका उत्पन्न भएको छ । नेपाल रेलवेका अमन चित्रकारले यो परियोजना तेस्रो पोल झैँ कठिन हुने बताए । रेलवे इन्जिनियरिङको संसारको सबैभन्दा कठिन परियोजनाका रुपमा ४,५०० मिटर तिब्बती पठारमा हिमालय हुँदै काठमाण्डौसम्म पुग्ने रुट रहेको बताए । नेपालको क्षमता नभएकोमा प्राविधिक विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

प्राविधिक रिपोर्टहरू समीक्षागर्दा नेपालमा प्राविधिक रूपमा योग्य रेलवे नभएको र प्रस्तावित रेलवे लाइनको पक्ष र विपक्षको मूल्याङ्कन गर्न सक्ने इन्जिनियरहरू को कमी भएको पाइएको हो । भूवैज्ञानिक चुनौतिहरूका अलावा नेपाल चीन रेल वे मा अनेक भूराजनीतिक अवरोधहरू पनि छन्।

नेपालबाट निस्कने प्रस्तावित रेलले पारिस्थितिकीय प्रभाव पार्ने सुझाव दिएको छ र उक्त लाइनबारे नेपालमा पर्याप्त छलफल भएको छैन । नेपाली माझ यो रेल वे के हो भन्नेबारे अझैपनि केही भनिएको छैन । नेपालले सन् २०२१ को जुलाई मसान्तसम्म चीनबाट १।७ अर्ब डलर बराबरको सामान आयात गरेको छ । र सन् २०२२ को अप्रिलको मध्यमा चीनतर्फ नेपालको निर्यात मात्र ५० मिलियन अमेरिकी डलर थियो । प्रस्तावित १७० किलोमिटर रेलवे चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोडको हिस्सा हो । एक पटक निर्माण भएपछि, यसले दक्षिणी तिब्बतको केरुङ गाइरोङ लाई जोड्नेछ । रसुवा जिल्लामा नेपाल प्रवेश गर्दै काठमाडौं हुँदै योजना अन्ततः भारतसम्म रेल विस्तार गर्ने रहेको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार