Saturday April 27, 2024 | |

७८ लाख घुस काण्ड : विशेष अदालतमा राजनारायण पाठकसँग २८ सवाल–जवाफ (पूर्णपाठ)

featured-news

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले बुधबार विशेष अदालतमा बयान दिएका छन् । 

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकले बयान दिएका हुन् । 

बयानका क्रममा पाठकसँग विभिन्न २८ प्रश्न सोधिएको थियो । जसको जवाफ दिने क्रममा विभिन्न विषयमा पाठकले आफ्नै राय बाझिने गरी बयान दिएको पाइएको छ । 

यद्यपि अदालतले नेपाल बंगलादेश बैंक बसिदिएपछि बुधबारनै उनलाई ७८ लाख धरौटीमा रिहा गरेको छ । 

चैत दोस्रो साता पाठकविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घूस लिएको अभियोग पाठकमाथि छ । 

अख्तियारले पाठकविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारवाही माग गरेको छ ।  ऐनअनुसार कसुर प्रमाणित भएमा दुवै जनाले ७८ लाख रूपैयाँ जरिवाना तिर्नुपर्नेछ। सोही बराबरको उनीहरुको सम्पत्ति जफत हुनेछ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार