Friday April 26, 2024 | |

समाजकल्यण परिषद्मा पदाधिकारी–मन्त्री साँठगाँठ, झण्डै १ करोड रकम मनलागी वितरण

featured-news

काठमाडौं । जानकारहरुका अनुसार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाले व्यक्तिगत रिसिइविका कारण परिषद्मा मनलागी मच्चाइरहेकी छिन् । उनले आफन्त तथा चिनेजानेको संस्थाहरुलाई आफूखुसी रकम बाँड्ने देखि मनलागि काम गर्न दबाब दिने गरेको बुझिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापा र केही पदाधिकारीहरुले विभिन्न ३३ संस्थालाई आफूखुसी रकम बाँडेको प्रमाण हामीलाई प्राप्त भएको छ । 

यस्तो छ मन्त्री तथा केही पदाधीकारीले जथाभावी बाँडेको रकम विवरण

असल शासन क्लव, जि. स. स. दार्चुला – ३ लाख

म्याग्दी मगर समाज, काठमाडौं – ४ लाख ५० हजार

सामुदायीक वातावरणीय विकास केन्द्र, कन्चनपुर – ३ लाख ५० हजार

नव प्रतिभा समुह, कैलाली – ३ लाख

सोलुखुम्बु फाउण्डेसन, सोलुखुम्बु – ३ लाख ५० हजार

महिला सशक्तिकरण समाज, कन्चनपुर – ३ लाख ५० हजार

परिवर्तन समाज नेपाल, डोटी – ४ लाख

महिला उत्थान समाज बैतडी – ३ लाख ५० हजार

महिला मुक्ति मञ्च, डडेलधुरा – ३ लाख

पुकार अमाङ्ग अशक्त समाज, झापा – २ लाख ५० हजार 

जनहित कल्याण, महोत्तरी – २ लाख ५० हजार

शान्ति समाज नेपाल, काठमाडौं – २ लाख २५ हजार

मानवअधिकार र विकास केन्द्र, सिरहा – ४ लाख

दलित सेवा संघ, सिन्धुली – २ लाख

क्यान्सर समाज नेपाल, काठमाडौं – ३ लाख

जनसेवा युवा उत्थान केन्द्र, धनुषा – ४ लाख

जीत ब. सिंजाली मगर साहित्य प्रतिष्ठान, काठमाडौं – २ लाख

नारी उत्थान केन्द्र, कन्चनपुर – ३ लाख

समृद्ध कर्णाली अभियान, हुम्ला – २ लाख ५० हजार

बन्धु मिलन युवा समिति, बझांग – २ लाख ५० हजार

महिला तथा बालबालिका उद्धार केन्द्र, गोरखा – ५ लाख

समृद्धि नेपाल – ३ लाख

समृद्धि मन्च कालिकोट – ३ लाख

बहुउद्देश्यीय अनुसन्धान विकास र नमुना नेपाल, काठमाडौं – २ लाख ५० हजार

राष्ट्रिय शारीरिक अपांग संघ, ललितपुर – २ लाख ५० हजार

एकीकरण नेपाल, गोरखा – २ लाख ५० हजार

कितावी चरो, काठमाडौं – २ लाख ५० हजार

एपी थेरापी एशोसिएसन, काठमाडौं – ३ लाख

भिजन नेपाल, सिन्धुली – २ लाख ५० हजार

दुर्गा दशरथ स्मृति प्रतिष्ठान, कैलाली – २ लाख ५० हजार

हिल नेपाल, काठमाडौं – ३ लाख

महिला मानव अधिकार जागरण अभियान, झापा – ३ लाख

गतिशील जनचेतना अभियान गुल्मी – ३ लाख

जम्मा – ९९ लाख ९७ हजार ५ सय

परिषद्ले चालू आर्थिक वर्षमा संघसंस्थालाई अनुदान रकम वितरण गर्न झन्डै एक करोड रूपैयाँ बाँडेको थियो । नजिक र चिनेजानेका संघसंस्थालाई अनुदानको रकम दिनकै लागि परिषद्ले नियम अनुसार, राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना समेत प्रकाशन नगरेको स्रोतको आरोप छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार