Friday April 26, 2024 | |

सरकारको आदेश अटेर गर्ने उद्योगलाई गुणस्तर तथा नापतौल विभागको एक्सन

featured-news

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले ललितपुरका १० उद्योगलाई आदेश अटेर गरेको भन्दै तीन दिनभित्र उपस्थित हुन पत्राचार गरेको छ । विभागले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागलाई यही पुसमा गरेको अनुगमनका क्रममा तौलने यन्त्रको प्रयोग नियमित गराउन जानकारी गराएकोमा अहिलेसम्म अटेर गरेपछि तीन दिनभित्र उपस्थित हुन पत्र काटेको हो ।
यी हुन् सरकारको आदेश अटेर गर्ने उद्योग
नेपलिज हेण्डिक्राफ्ट, केबी पेट, विजु प्लास्टिक उद्योग प्राली, बैकुण्ठ कलात्मक काष्ठ उद्योग, स्ट्रक्चर नेपाल प्राली, ताम्राकार युटेन्सिल उद्योग, सुपर क्वालिटी प्लास्टिक उद्योग, पूर्ण उड कार्भिङ्ग, विरा फर्निचर र उड कार्भिङ्ग उद्योग
नेपाल गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख शशीभूषणकुमार यादवले तौलने यन्त्र नियमित गराउन जानकारी गराएकोमा एक महिनासम्म पनि नियमित गराउने कार्य नगराएपछि उपस्थित हुन पत्र काटिएको जानकारी दिए । पत्रमा उपस्थित नहुनुको कारणसहित खुलाउन समेत अनुरोध गरिएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार