Saturday April 20, 2024 | |

काठमाडौं उपत्यकामा रगतको चरम अभाव

featured-news

काठमाण्डौ । दुर्घटनापछिको उपचार तथा शल्यक्रियाका लागि अनिवार्य मानिने रगत काठमाण्डौ उपत्यकामा भने एक महिनादेखि अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन ।

नेपाल रेडक्रस सोसाइटिको ललितपुरस्थित रक्तसंचार केन्द्रका अनुसार काठमाण्डौ उपत्यकामा दैनिक ४ सय युनिट हाराहारीको रगत माग छ । तर माग अनुसार रगत संकलन र संचय हुन नसक्दा सेवा दिन मुस्किल परेको केन्द्रले जनाएको छ ।

बहिनीको शल्यक्रियाका लागि एवी पोजिटिभ रगत लिन नेपाल रेडक्रस सोसाइटिको बालकुमारिस्थित रक्तसंचार केन्द्रमा बिराटनगरका पदमनन्द चौधरीले धाउन थालेको साता दिन बितेको छ । तर पनि रगत पाउने अत्तो÷पत्तो नभएपछि उनि निराश छन ।

रगतकै अभावले सिभिल अस्पतालमा शल्यक्रियाका लागि भर्ना गरिएकी बहिनीको स्वास्थ्य अवस्था समेत थप जटिल भएपछि उनि चिन्तित छन् ।

बालकुमारीस्थित रेडक्रस सेसाइटिको रक्तसंचार केन्द्रमा कागजात पुर्याएर पनि समयमै रगत नपाउने चौधरी एक्ला भने होइनन् । एबी पोजिटिभ रगतकै लागि पुगेका अर्का सेवाग्राही कृष्ण श्रेष्ठ पनि रगत नपाएपछि निराश छन ।

पटक÷पटक धाउँदा समेत रगत पाउने पत्तो नपाएका उनले रक्तदाता नै खोजेर रक्तसंचार केन्द्रमा पुगेपछि मात्र एबी पोजिटिभ रगत लिन सफल भए ।

चरम रगत अभावका कारण हण्डर खाएका श्रेष्ठ भन्छन्– रक्त संचार केन्द्रले रगत लिन आउने सेवाग्राहीबाटै पनि रगत संकलन गर्न सके केही हदसम्म समस्या समाधान हुनेछ ।
रक्त संचार केन्द्र बालकुमारीले सझिलै रगतको सेवा दिन नसकिएको एक महिना भन्दा बढी भएको जनाएको छ ।

मागको तुलनामा आधाजसो मात्र रगत संकलन र सञ्चय हुँदा समस्या बिकराल बन्दै गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार काठमाडौं उपत्यकामा अहिले दैनिक ४ सय युनिटको हाराहारीमा रगतको माग भएपनि केन्द्रसँग दैनिक संकलन हुने २ सय ५० युनिट रगत मात्र संकलन र संचय हुने गरेको छ ।

जानकारहरुका अनुसार उपत्यकामा माग अनुसारको रगत उपलब्ध नहुनुको मुख्य जिम्मेवार रक्त संकलनका लागि काम गर्दै आएका १२ सय भन्दा बढी संघसंस्थाहरु हुन ।

बर्षमा एक- दुई चोटी रगत संकलन गरेकै भरमा दाताबाट सहयोग लिने अधिकांश संघ÷संस्थालाई समय÷समय रगत संकलनका लागि बाध्य पार्न सके रगतको चरम अभाव हट्ने उनिहरु बताउँछन ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार