Saturday April 27, 2024 | |

छिमेकीलाई गाली गर्दै मनाइन्छ साउने सक्रान्ति

featured-news

जुम्ला - कर्णाली क्षेत्रको चलनअनुसार साउने सक्रान्तिकाे साँझमा राँकाे बालेर छिमेकीलाई गाली गर्ने चलन छ । साउन १ गते लुताे फाल्ने धार्मिक मान्यताअनुसार कर्णाली क्षेत्रमा छिमेकीलाई गाली गर्दै राँकाे बालिएकाे छ । 

साँझ पर्नै लाग्दा जुम्लालगायत कर्णाली क्षेत्रका गाउँहरु राँकाेकाे उज्यालो चम्किएका छन् । हरेक घरका परिवार सदस्यहरु कति छन् त्यहीअनुसारको घरको आँगन तथा छतमा राँकाे बाल्ने चलन छ । 

त्यही मान्यताअनुसार जुम्लासहित कर्णालीका अरु बस्तीहरुमा पनि राँकाे बालिएकाे छ । जुम्लामा परापूर्वकालदेखि मनाउँदै आएको साउने सक्रान्ति यो पटक पनि भव्य रुपमा मनाइएको हो । राँकाे बालेर आ-आफ्नो आँगनमा आफू र आफ्नो घरमा रहेको फोहर लैजाउ, रोग व्याधी सबै जाओस भन्ने कामनाअनुसार राँकाे बाल्ने चलन कर्णाली क्षेत्रमा विद्यमान संस्कृति रहेको स्थानीय मानबहादुर शाहीले बताउनुभयो ।  

कर्णालीका गाउँबस्तीहरु झिसमिसे अँध्यारोमा सल्लाको दाउराकाे राँकाे बनाएर बाल्ने चलन एक फरक सभ्यता र उदाहरण स्थापित हुँदै आएको छ । आगोको राँकाे बालेपछि घरका सबै परिवारहरु ठूलो श्वरले कराउने र खोला पारिको गाउँका मानिसहरुलाई गालि गर्ने चलनसहित राँकाे बालिसकेपछि बनाइएका विभिन्न प्रकारका परिकारहरु खाने प्रचलन छ । 

परम्परागत रुपमा नै चल्दै आएको यो प्रथाले निकै ठूलो सभ्यता बाेकेको संस्कृतिविद् रमानन्द आचार्यले बताउनुभयो । यसैगरी साउन १ गते यो क्षेत्रमा स्थानीय बिदा दिने चलनसमेत रही आएकाे छ ।   

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार