Wednesday May 8, 2024 | |

नेयमार बिना पनि मैत्रीपूर्ण खेलमा ब्राजिलकाे प्रभावशाली जित

featured-news

काठमाण्डाै - फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले होन्डुरसमाथि आधा दर्जन गोल अन्तरले जित निकालेको छ । पोर्टो एल्गेरोमा भएको खेलमा ब्राजिलको जितमा गाब्रियल जिससले दुई गोल गरे । स्टार खेलाडी नेयमार विना नै मैदानमा उत्रिएको ब्राजिलले तुलनात्मक रुपमा कमजोर टिम होन्डुुरस विरुद्ध खेलको छैटौ मिनेटबाट गोलको बर्षा सुरु गरेको थियो । जुन ७० मिनेटसम्म कायम रहेको थियो ।

छैटाै मिनेटमा डानी एल्भेसको पासमा जिससले पहिलो गोल गरेका थिए । त्यसपछि १३ औं मिनेटमा थिएगो सिल्भाले फिलिप कोउन्टिन्होको पासमा ब्राजिलका लागि दोस्रो गोल गरे । ३७ औं मिनेटमा ब्राजिलले पेनाल्टीको अवसर पायो । जसलाई कोउन्टिन्हो आफैले गोल गर्दै टिमको अग्रता तीन शुन्यमा लम्ब्याए ।

पहिलो हाफमा तीन गोल गरेको ब्राजिलले दोस्रो हाफमा थप चार गोल गर्यो । ४७ औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दा ५६ औं मिनेटमा डेविड निरीसले पाँचौ गोल गरे ।

ब्राजिलको गोलको क्रम यतिमा रोकिएन । ६५ औं मिनेटमा रोबेर्टो फेरमिन्होले र ७० औं मिनेटमा रिकार्रलिसनले गोल गरेर ब्राजिलले सात शुन्यको प्रभावशाली जित निकाल्न सफल भयो ।

कतारमा भएको खेलका दौरान नेयमार चोटग्रस्त भएपछि उनी कोपा अमेरीका प्रतियोगितासम्म मैदान बाहिर हुनेछन् । अर्को खेलमा कोलम्बियाले पेरुमाथि तीन शुन्यको सहज जित निकालेको छ । पेरुमा भएको खेलमा १० खेलाडीमा झरेको घरेलु टिमलाई सुरुवातदेखि नै दवाबमा राखेको कोलम्बियाको जितमा माटिउस उरुबीले दुई गोल गरे ।

खेलको २३ औं मिनेटमा माटिउसको गोल मार्फत कोलम्बियाले खेलमा अग्रता लियाे । पहिलो हाफमा एक शुन्यले पछि परेको पेरु ५५ औं मिनेटमा १० खेलाडीमा झर्न पुग्यो ।

उसका योसीमार योतुम रातोकार्ड पाउँदै मैदानबाट बाहिरिए । जसकाे फाइदा लिँदै कोलम्बियाले ६५ औं मिनेटमा दोस्रो गोल थप्यो । यसपटक पनि उसका लागि माटिउसले नै गोल गरे ।

त्यसपछि खेलको इन्जुरी समयको चौथो मिनेटमा डुभान जापाटाले टिमका लागि तेस्रो गोल गर्न सफल भए । यस्तै खेलमा पाराग्वेले ग्वाटेमालालाई दुई शुन्यले हरायो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार