Thursday May 9, 2024 | |

भ्रष्टाचारको अभियोगमा चिनियाँ पूर्व उप अर्थमन्त्रीलाई १५ वर्ष जेल सजाय

featured-news

चीन– भ्रष्टाचारको अभियोगमा दोषी पाइएपछि चीनका पूर्व उप अर्थमन्त्रीलाई १५ वर्षको जेल सजाय सुनाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष पदमा रहिसकेका पूर्व उप अर्थमन्त्री झाङ शाओचुङले करोडौं युआन अनियमितता तथा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गर्दै राजधानी बेइजिङमा रहेको दोश्रो इन्टरमिडिएट जन अदालतले १५ वर्षको जेल सजाय सुनाएको हो ।

सन् १९९५ देखि सन् २०१८ सम्म विभिन्न पदमा रहँदा उनले आफ्नो अधिकारको दुरुपयोग गरी व्यक्तिगत पदोन्नती, विद्यालयमा भर्ना गराएको तथा व्यापारिक फाइदा दिलाएको अभियोगमा समेत दोषी पाइएको छ । त्यसको बदलामा उनले उपहारका नाममा झण्डै ६ करोड ७० लाख युआन लिएको अदालतको ठहर छ ।

त्यस्तै उनलाई अरु ६० लाख युआन जरिवाना समेत तिराइएको छ । त्यसबाहेक उनले अवैध तरिकाले कमाएको भनिएको सबै सम्पत्ति राज्यकोषमा दाखिला गर्न समेत अदालतले आदेश दिएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार