Thursday March 28, 2024 | |

एउटै म्युजिक भिडियोमा पल र प्रदीप (भिडियो)

featured-news

काठमाडौं – कोरोना भाइरसका कारण यतिबेला कलाकारहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् । कोरोनाले समाजमा एक खाले त्रास फैलाएको छ ।

यसैबीच सत्य र स्वरुपको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘सुनौलो बिहानी फर्किनेछ’ बोलको गीतमा सत्यराज आचार्य र स्वरुपरा आचार्यसँगै प्रताप दास र प्रविशा अधिकारीको पनि स्वर सुन्न सकिन्छ ।

गीतमा समस्यामा परेका नेपाली जस्तोसुकै कठिन परिस्थितिमा पनि अगाडि बढ्न सक्ने र छिटै सुनौलो बिहानी फर्किने भाव प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा प्रदीप खड्का, पल शाह, क्रिष्टिना गुरुङ, प्रविशा, प्रदास दास, सन्तोष सेन, अशोक शेरचन, सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई फिचर्ड गरिएको छ ।

यस्तै गीतमा एलिस कार्की र प्रमोद निर्वानको संगीत छ भने अशोक शेचरनका शब्द छन् । शैलेन्द्रमान प्रधानले एरेन्ज गरेको गीतको भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् ।

हेर्नुस् भिडियो:

https://www.youtube.com/watch?time_continue=1&v=6fokDbdNLXM&feature=emb_logo

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार