Friday April 26, 2024 | |

आरोपितलाई छुटाउन मन्त्रीको दौडधूप दलित समुदायकै घाउमा ‘नुनचुक दल्नु’ सरहः डा. भट्टराई

featured-news

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले जातीय भेदभाव तथा छुवाछुत मुद्दाजस्तो सरकारवादी मुद्दामा वहालवाला मन्त्रीले आरोपितलाई छुटाउन दौडधूप गर्नु विधिको शासनको ठाडो उपहास भएको बताएका छन् ।

उनले बुधवार साँझ ट्वीट गर्दै बहालवाला मन्त्री कृष्णगोपाल श्रेष्ठले विधिको शासनको ठाडो उपहास गरेको बताएका हुन् ।

रुपा सुनारले जातका कारण आफूलाई कोठा नदिएको भन्दै बबरमहलकी घरबेटी सरस्वती प्रधान विरुद्ध जाहेरी दिएपछि प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको थियो ।

बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले हिरासतबाट प्रधानलाई आफ्नै गाडीमा हालेर निकालेका थिए । यसको चौतर्फी आलोचना भएको छ ।

डा। भट्टराईले मन्त्रीको सो कदमले उत्पीडित दलित समुदायको घाउमा राज्यकै तर्फबाट थप नुनचुक दलिएको पनि बताएका छन् । उनले जो रक्षक उही भक्षक भएको भन्दै वृहद प्रतिरोधको आह्वान समेत गरेका छन् ।

उनले ट्वीटरमा यस्तो लेखेका छन्

जातीय भेदभाव तथा छुवाछुत मुद्दाजस्तो सरकारवादी मुद्दामा वहालवाला मन्त्रीले आरोपितलाई छुटाउन दौडधूप गर्नु विधिको शासनको ठाडो उपहास त हो नै साथै समाजका सबभन्दा उत्पीडित दलित समुदायको घाउमा राज्यकै तर्फबाट थप नुनचुक दल्नु पनि हो।जो रक्षक उही भक्षक भए पछि के गर्ने रुवृहद प्रतिरोध गरौं !

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार