Saturday April 27, 2024 | |

सनी लियोनी विवादितः कन्डमको विज्ञापनदेखि गीतसम्म

featured-news

एजेन्सी । बलिउड अभिनेत्री सनी लियोनीको सुन्दरताको बारेमा चर्चा त विश्वभर नै हुने गर्छ । उनी दर्शकको रोजाइमा पर्ने अभिनेत्री हुन् ।

उनले आफ्नो छुट्टै पहिचान हिन्दी सिनेमाबाट बनाउन सफल भएकी छन् । उनका फ्यानहरुको संख्या पनि धेरै छ । हुन त सिनेमामा अभिनय गर्ने बलिउड, हलिउडसम्मका नायक नायिकाहरु एक न एक बिषएमा बिवादित नै हुन्छन् । बेलाबेला चर्चामा आउनु विवादमा तानिनु उनीहरुको लागि सामान्य जस्तै नै हुन् ।

बलिउड अभिनेत्री सनी लियोनी सबैको लोकप्रिय हुँदाहुँदै पनि सनी बारम्बार विवादमा फस्ने गरेकी छन् । सनी फेरि एकपटक विवादमा फसेकी छन् । उनी भर्खरै एउटा गीतका कारण निकै विवादमा तानिएकी छन् ।

उनलाई हिन्दु धर्मको भावनाविपरित नृत्य गरेको भन्दै धेरैले विरोध गरिरहेका छन् । हालै रिलिज भएको सनी लियोनीको गीत ‘मधुबन’ ले सनीलाई फेरि तनावमा फसाएको छ ।

गीतका शब्दहरुले हिन्दु धर्मको भावनाहरुमाथि आघात पुर्याएको आरोप लगाइएको छ । गीत ‘राधा’ माथि लेखिएको छ । जसमाथि मानिसहरुले आपत्ति जनाएका छन् ।

मथुराका पुजारीहरुदेखि मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले गीतको शब्द परिवर्तन गर्न निर्देशन समेत दिएका छने । मधुवनको गीतमा अश्लिल नृत्य भन्ने आरोप पनि लगाइएको छ ।

उनीमाथि कन्डमको विज्ञापन गरेकोमा पनि विरोध भएको थियो ।

नवरात्रिको मौकामा सनीले गरेको कण्डमको विज्ञापनको एन्डोर्समेन्टको बिल बोर्ड लगाइएको थियो त्यसको सबैतिर विवाद भएको थियो । जसको गुजरातमा निकै विवाद भयो । नवरात्रिमा कण्डोमको विज्ञापन गरिएकोप्रति मुद्दा समेत दायर भएको थियो ।

सनीले अभिनेत्री सेलिना जेट्लीको अपार्टमेन्ट भाडामा लिएकी थिइन् । उनको श्रीमान भारत आउँदा उनले पहिलोपटक त्यहाँ राखेकी थिइन् । त्यसपछि सेलिनाले सनीमाथि घर फोहोर पारेको आरोप लगाएकी थिइन् । जुन विषयले निकै चर्चा पाएको थियो ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार