Friday March 29, 2024 | |

चिनियाँ खोप ‘भेरोसेल’ लाई आपतकालीन प्रयोगको मात्रै छ अनुमति

featured-news

चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘भेरोसेल’ सोमबार बिहान नेपाल आइपुग्यो ।

चीन सरकारको ‘सिनोफार्म’ अन्तर्गतको ‘बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट’ कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट नेपाल ल्याइएको हो ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरिन् । स्वास्थ्य मन्त्रालयका अनुसार खोप टेकुस्थित स्वास्थ्यसेवा विभागको चिस्यान केन्द्रमा राखिनेछ ।
 
विस्तृत समाचारको लागि तलको लिंक क्लिक गर्नुहोला

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार