Monday October 13, 2025 | |

‘डान्स’बाट उदाएकी अवनीत कौर

featured-news

पछिल्लो समय सोसल मिडिया स्टार बनेकी छिन् भारतकी अवनीत कौर।

उनी धेरै टिभी सिरियलमा पनि देखिएकी छन्। सानै उमेरमा नाम कमाएकी उनी अहिले चर्चित अभिनेत्री बनेकी छन्।

उनले टिभीको दुनियाँमा नाम कमाउनेदेखि इन्स्टाग्राममा करोडौं फलोअर्स पनि कमाइसकेकी छन्। सोहीकारण पनि उनीसँग काम गर्न रूचाउँछन् सेलिब्रेटीहरू।

‘डान्स इन्डिया डान्स’पछि मिल्यो पहिचान

अवनीत सन् २०१० मा ‘डान्स इन्डिया डान्स लिटिल मास्टर्स’ मा प्रतियोगीका रुपमा टिभीमा आएका थिइन्। त्यसपछि उनी सिरियलमा देखा पर्न थालिन्।

यति मात्र होइन उनी अहिलेसम्म फिल्महरूमा देखिइसकेकी छिन्। र, उनको फिल्मको प्रतिक्षामा हुन्छन् दर्शकहरू।

एकदिन अवनीत कौर आफैंले खुलासा गरेकी छिन् कि उनी कहिले पनि फिल्ममा काम गर्न चाहदिन थिइन्, बरू डान्समा करिअर बनाउन चाहन्थिन्।

अवनीत ८ वर्षको उमेरदेखि नृत्य गर्दैआएकी उनी अहिले धेरै जनाको प्रेरणाको स्रोत बनेकी छन्।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार