Friday March 29, 2024 | |

कोरोना संक्रमणको दोस्रो लहरमा विदेशमा १३ जना नेपालीको मृत्यु

featured-news

दोहा – विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस संक्रमणको दोस्रो लहरमा पछिल्लो दुई साता विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। सञ्जिव सापकोटाका अनुसार पछिल्ला दुई सतामा सबै भन्दाबढी साउदी अरबमा ७ जना, भारतमा ५ जना र कतारमा १ जना नेपालीको संक्रमणबाट मृत्यु भएको छ ।

संघले संकलन गरेको पछिल्लो तथ्यांकानुसार भारतसहित विश्वभर २८ मुलुकमा अहिलेसम्म ४ सय ३५ जना नेपालीको कोभिड १९ का कारण मृत्यु भैसकेको छ ।

सापकोटाका अनुसार अहिलेसम्म विभिन्न ५४ देशमा १ लाख १० हजार १ सय ९६ जना नेपालीमा संक्रमण देखिएको छ । ती मध्ये १ लाख ६ हजार ८ सय २३ हजार नेपाली संक्रमण मुक्त भएका छन् ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार