Friday July 11, 2025 | |

हैदराबादमा अफगानीस्तानको संस्कृति र व्यापारलाई प्रवर्द्धन गर्न खाद्य महोत्सवको आयोजना

featured-news

तेलंगाना । भारतस्थित अफगानिस्तान महावाणिज्यदूतले भारत र अफगानबीचको संस्कृति, व्यापार र पारस्परिक सम्बन्ध प्रबर्द्धन गर्ने उद्देश्यसहित हैदराबादमा दस दिने खाद्य तथा शिल्प महोत्सव आयोजना गरेको छ। भारतका लागि अफान कन्सुल जनरल मुहम्मद सुलेमान काकरले दुई देशको ब्यापार बृद्धी, संस्कृतिक आदानप्रदान तथा भारतसंगको सम्बन्ध बलियो बनाउन महोत्सवको आयोजना गरिएको बताए।

कन्सुल जनरल मुहम्मद सुलेमान काकरले अगामी बर्ष दुबै देशको व्यबसायीहरुबीच अन्तर्क्रिया बढाउन सम्मेलन गर्ने तयारी समेत भइरहेको जानकारी दिए। यस्ता कार्यक्रमले दुबै देशको आपसी हितलाई बढावा दिने विश्वास गर्दै उनले उक्त कार्यक्रम पहिले नै बलियो रहेको भारतसंगको साझा मित्रताभित्र रहेको सांस्कृतिक सम्बन्धको एक हिस्सा रहेको बताए।

स्रोतः जी फाइभ–

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार