Sunday April 28, 2024 | |

इजरायलमा मारिएका १० जनाको परिवारलाई सरकारले दियो जनही १० लाख राहत

featured-news

काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई सरकारले जनही १० लाखका दरले रूपैयाँ राहत दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २२ असोजको मन्त्रिपरिषद्को निर्णय अनुसार इजरायल घटनामा परी निधन भएका नेपाली नागरिकका परिवारलाई राहत स्वरुप प्रतिपरिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको छ । यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई रकम निकासा दिएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

चालु आर्थिक वर्षमा मन्त्रालयले आर्थिक सहायता वितरणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि समेत ९ लाख ९५ हजार रुपैयाँ निकासा दिएको मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमी तथा सुविधासम्बन्धी ऐन २०७४ अनुसार यो रकम उपलब्ध गराएको जनाएको छ।

अर्थ मन्त्रालययबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यो रकम निकासा गरी राष्ट्रपतिको उपचारमा खर्च गरिएको उल्लेख छ।

गत आर्थिक वर्षमा राष्ट्रपतिको उपचारको लागि ५५ लाख रूपैयाँ सरकारले उपलब्ध गराएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको भ्रमण मण्डलले अमेरिका र चीन भ्रमणमा चार करोड ७४ लाख दुई हजार रुपैयाँ खर्च गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएको भदौ ३० गते अमेरिका भ्रमणमा गएका थिए । संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् प्रधानमन्त्री दाहाल असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि हाङजाउ पुगेका थिए ।

भ्रमणपछि प्रधानमन्त्री दाहाल असोज १३ गते नेपाल फर्किएका थिए । यसरी भ्रमणमा जाँदा उनको भ्रमण टोलीले गरेको खर्च अर्थ मन्त्रालयले निकासी गरेको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार