Friday March 29, 2024 | |

उपत्यकाका सिंगल थियटरमा बक्स अपिस लागु हुँदै

featured-news

काठमाडौँ । उपत्यकामा संचालिच सिंगल थिएटरहरुमा बर्ष ०७५ सालको शुरुवातसंगै बक्स अफिस प्रणाली इ टिकेटिङ सिष्टम लागु हुने भएको छ । मल्टीप्लेक सिनेमा घरहरुमा संचालित इ टिकेटिङ सिष्टमलाई पनि चलचित्र विकास बोर्डले आफ्नो डाटाहवमा जोड्दैछ । त्यसका लागि एपीआई प्रविधी अपडेटका लागि ब्रेन डिजिटले काम गरी रहेको छ ।

चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलद्धारा बैशाखको पहिलो साता देखि बक्स अफिस लागु गर्ने पूर्वघोषित कार्यक्रम अनुरुप बैशाख १० गतेदेखि औपचारिक रुपमा शुरु गरिने भएको छ । जस अनुरुप चावहिल स्थीत गोपीकृष्ण मुभिजमा यसको पहिलो परिक्षण सम्पन्न भएको छ ।

गोपीकृष्ण संगै कोटेश्वर जारिबुटी अवस्थीत पुष्पाञ्जली, बौद्ध स्थीत सिदार्थ र पृथ्वीसंगै कलंकी सिनेमा हलमा बैशाख १० गते देखि नै बक्स अफिस प्रणाली शुरु हुनेछ । जसका लागि ब्रेन डिजिटले सर्भर जडानको काम गरी रहेको छ ।

केही दिनमै गोपीकृष्ण मुभिजमा सिनेमा हेर्न आउंनुहुने दर्शकहरुले इ टिकेटिङ सिष्टमबाट टिकट काट्नु हुनेछ, परिक्षण समय पत्रकाहरुसंग बोल्दै बोध्यक्ष पौडेलले बताइन् । हल संचालक तथा निर्माताहरुकै सल्लाहमा नयाँ आर्थिक बर्ष २०७५÷०७६ अर्थात श्रावण देखि पूर्णरुपमा देशभर नै बक्स अफिस प्रणाण्ी अनिवार्य लागु हुनेछ । जसका लागि उपत्यका बाहिरका सिनेमा हलहरुमा अहिले सर्भर जडानको काम चलि रहेको छ ।

आर्थिक अवस्था कमजोर भएका सिंगल थिएटरहरुलाई बोर्ड सहयोग पनि गर्ने भनिएको छ । गरिने अध्यक्ष पौडेलले थपिन् । गोपीकृष्ण, गुण सिनेमा र अष्टनारायणमा धेरै पर्दा भएका कारण प्राविधिक कठिनाइ भएपनि त्यसलाई कसरी सहज बनाउंन सकिन्छ भन्ने तर्फ बोर्ड लागि रहेको छ ।

केही हल संचालकहरुले बक्स अफिस प्रणाली व्यवहारिकता नभएको भन्दै अदालत सम्म जाने कुराहरु आइरहेका छन् । तर, अध्यक्ष पौडेल भन्छिन् त्यो उहाँहरुले नबुझ्नु भएको कुरा हो जस्तो लाग्छ । राज्यलाई तिर्नु पर्ने करमा हल संचालक, निर्माता, निर्देशक तथा कलाकार सबै पारदर्शी हुनु पर्नेछ । तसर्थ कुनै पनि हालतमा श्रावण देखि बक्स अफिस प्रणाली लागु हुनेछ । तर, त्यस्ता भ्रममा नपर्न अध्यक्ष पौडेलले सुझाइन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार