Friday April 19, 2024 | |

कसरी बनाउने वक्षस्थललाई आकर्षक ?

featured-news

महिलाको समग्र सौन्दर्यको एउटा हिस्सा हो, स्तन एवं वक्षस्थल । यद्यपी स्तनको बनौट वा वान्कीले त्यस कुराको निर्धारण गर्छ, त्यो आकर्षक छ/छैन भन्ने कुरा । सौन्दर्यको मानक अनुसार स्तन कस्तो हुनुपर्छ भन्ने एक किसिमको मापदण्ड हुन्छ ।

यद्यपी स्तन झोलिएको हुनसक्छ । शिथिल हुनसक्छ । धेरै भद्दा हुनसक्छ । अस्वभाविक सानो हुनसक्छ । यस किसिमको स्तनलाई आकर्षक मानिदैन । गर्भावस्था, हर्मोनको उतार-चढाव र बढ्दो उमेरसँगै स्तनको सौन्दर्य पनि फिका हुँदै जान्छ । यो प्राकृतिक प्रक्रिया नै हो ।

यद्यपी स्तनको सौन्दर्य कायम राख्न सकिन्छ । यसका लागि अहिले विभिन्न विधि अपनाउने गरिन्छ । कृतिम तरिकाले पनि स्तन सुडौल बनाउन सकिन्छ । सर्जिकल विकल्प पनि उपलब्ध छ । यद्यपी सबैभन्दा राम्रो विकल्प हो, प्राकृतिक तरिका । प्राकृतिक विधीबाट स्तन सुडौल बनाउन सकिन्छ यो प्रभावकारी पनि हुन्छ ।

कसरी बनाउने सुडौल स्तन ?

उन्नत र पुष्ट स्तनका लागि स्वास्थ्य पनि राम्रो हुनुपर्छ । शरीरलाई सहि पोश्चरमा राख्नुपर्छ । पोष्टिक भोजन नियमिन रुपले लिनुपर्छ । पुरा निन्द्रा लिनुपर्छ । मानसिक रुपले शान्त रहेर खुसी हुने प्रयास गर्नुपर्छ । यसा साथै हातले गर्ने काम गर्नुपर्छ, जसले स्तनको व्यायाम हुन्छ । स्तनको मसाज गर्नुपर्छ । यसले अविकसित वा सिथिल स्तन पुष्ट हुन्छ ।

स्तनलाई आकर्षक बनाउनका लागि केहि व्यायाम वा योगासन हुन्छ । त्यस्ता व्यायामलाई विधिपूर्वक अभ्यास गर्नुपर्छ । पुशअप जस्ता व्यायामले छाती कसिलो र आकर्षक बनाउन सकिन्छ । यससँगै उचित साइजको ब्रा लगाउनुपर्छ । ब्राको साइज सही हुनुपर्छ ।

जगिङ जस्तो व्यायाम गर्दा स्तन झोलिने हुन्छ यस्तो बेला स्पोर्ट्स ब्रा लगाउनुपर्छ ।

पुश अप

–     आफ्नो दुबै हातको बलमा शरीरलाई उठाउने । कुहिना सिधा बनाउने ।

–     शरीरलाई भूँइ अर्थात सतहमा सुताउने र र हातको बलले उठाउने । यसो गर्दा शरीर, खुट्टाको भाग खुम्चाउनु हुँदैन ।

–     पुशअप गर्दा केवल कुहिना मोड्नुपर्छ शरीरको अन्य भाग मोड्नु हुँदैन । शरीरलाई तल लाने र माथि उठाउने अभ्यास गर्नुपर्छ । यस्तो अभ्यास निरन्तर २०-२५ पटक गर्नुपर्छ ।

वाल पुशअप

–     भित्ताबाट करिब डेढदेखि दुई फिटको दुरीमा उभिने । आफ्नो उचाइ अनुसार दुरी कम वा ज्यादा गर्नुपर्छ ।

–     दुबै हात सिधा गरेर भित्तामा राख्ने ।

–     अब शरीरलाई भित्तामा झुकाउने र उठाउने अभ्यास गरौं । यस किसिमको पुशअप ३५ देखि ४० पटक गर्नुपर्छ ।

चेस्ट डिप्स

–     दुबै हातलाई कम्मरभन्दा पछाडि लाने र कुनै कुर्सी वा बेन्चमा लगरे अड्याउने । बसेको पोजिसनमा घुँडालाई थोरै मोड्ने ।

–     अब हातको कुहिना मोड्दै शरीरलाई तल र माथि गराउने ।

–     यो प्रकारको चेस्ट डिप्स १५ देखि २० पटकसम्म गर्नुपर्छ ।

चेस्ट स्कीज

– बेन्च वा कुर्सीमा बस्ने । कम्मर सोझो पोजिसनमा राख्ने । दुबै हातले एउटा बल समात्ने ।

–     दुबै कुहिना र बल काँधभन्दा माथि उठाउने ।

कसरी मसाज गर्ने ?

–     एउटा हातको हत्केला स्तनको तल राख्ने । स्तनलाई हातमा राख्न दिने र अर्को हातलाई स्तनको माथि राख्ने ।

–     अब दुबै हातले गोलाकार घुमाउँदै मालिस गर्ने ।

–     अब माथिको हात तल र तलको हात माथि राखेर मालिस गर्ने ।

कसरी रोक्ने सिथिलता ?

यसका लागि प्राकृतिक उपाय छ । जस्तो कि, योग, व्यायाम, मसाज । स्तनलाई सुडौल बनाउने आफ्नै किसिमको व्यायाम हुन्छ ।

१. व्यायाम गर्नुअघि स्पोट्स ब्रा लगाउनुपर्छ, जसले प्रत्येक जम्प वा स्टेपमा स्तनलाई कसिलो बनाउँछ ।

२. पिठ्युको बलले सुत्नुपर्छ, यसले स्तनको मांसपेशीलाई लाई कसिलो बनाइराख्छ ।

३. शरीरको मोटोपन घटबढ, हर्मोनल परिवर्तन आदि कारणले स्तन ठूलो वा सानो हुनसक्छ । त्यसैले यस्तो अवस्थामा सहि किसिमको ब्रा लगाउनुपर्छ । अर्थात फिटिङ्स ब्रा लगाउनुपर्छ ।

४. स्तनमा चिसो पानी अर्था बरफले रगड्नुपर्छ, जसले यसलाई सिथिल हुनबाट बचाउँछ ।

५. छातीको मांसपेशीलाई बलियो बनाउनुपर्छ । यसका लागि पुश-अप राम्रो उपाय हो । नियमित रुपले पुशअप गरौं । सुरुमा धिमा गतिमा र विस्तारै तिव्र गतिमा पुशअप गर्नुपर्छ ।

६. उत्तानो परेर सुत्ने । दुबै हातमा डेढदेखि पाँच किलोसम्मको तौल (भार) लिएर उठाउने र राख्ने अभ्यास गरौं ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार