Thursday April 25, 2024 | |

चितवनमा चलचित्र “भोर” को बिशेष शो भव्य रुपमा सम्पन्न

featured-news

चितवन । दाइजो प्रथामा आधारीत नेपाली चलचित्र “भोर” को चितवनमा बिशेष शो भव्य रुपमा सम्पन्न भएको छ ।

चितवन नारायणगढको ईन्द्रदेव चलचित्र मन्दिरमा चलचित्र युनिटको साथमा “भोर” को बिशेष शो सम्पन्न भएको हो । बिशेष शोमा चलचित्रका कार्यकारी निर्माता देवेन्द्र सुबेदी, कलाकारहरु डली सरकार र राजेश सहसेना लगायतको उपस्थिती रहेको थियो । बिशेष शो हेर्नको लागि करीब ३ सयको सँख्यामा दर्शकको उपस्थिती रहेको थियो ।

बिशेष शो सकिएपछी बोल्दैै चलचित्रका कार्यकारी निर्माता सुबेदीले दर्शकबाट निकै राम्रो प्रतिकृया आएको बताए । जती दर्शकले हेर्नुभयो, सबैले फिल्मको कथा बस्तु मन पराईदिनुभएको छ, यसले हामीलाई अझै उत्साहित बनाएको छ”, सुबेदीको भनाई छ । बैशाख २१ गतेबाट देशब्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्रको प्रमोशनको लागि बिशेष शो गरिएको सुबेदीले जानकारी दिए। चलचित्रको यस अघी नै काठमाण्डौं, पोखरा र जनकपुरमा प्रिमियर शो भएको थियो भने हेटौंडामा पनि बिशेष शो सम्पन्न भईसकेको सुबेदीले जानकारी दिए ।

सती प्रथामा आधारित चलचित्र “झोला” निर्देशन गरेर चर्चामा आएका यादवकुमार भट्टराईले नै भोरको निर्देशन गर्नुभएको हो । तराईमा जरो गाडेर बसेको दाइजो प्रथाको कथालाई उठान गरेर चलचित्र निर्माण गरिएको छ । चलचित्रको माध्यमबाट दाईजो प्रथाले महिला हिंसा मात्र निम्त्याउने नभई मानव हिंसा नै हुने गरेको भन्दै यो किसिमको प्रथालाई जरै देखी उखेलर फालु पर्छ भन्ने सन्देश दिन खोजिएको छ ।

चलचित्रमा साहित्यकार तथा “झोला” का कथाकार कृष्ण धरावासीको कथा तथा निर्देशक भट्टराईको पटकथा रहेको छ । राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका कलाकारले अभिनय रहेको चलचित्रमा दीपक बज्राचार्यको सिनेमाटोग्राफी रहेको छ ।

चलचित्रलाई राज तिमिल्सिना र राम गोपाल थापाले निर्माण गरेका हुन् । देवेन्द्र प्रसाद सुवेदी चलचित्रका कार्यकारी निर्माता हुन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार