Thursday April 25, 2024 | |

अस्पताल शय्यामा छट्पटाईरहेका छोराको उपचारमा सहयोग गरिदिन बाबुको अपिल

featured-news

काठमाडौं – भीरबाट लडेर अचेत अवस्थामा अस्पतालको शय्यामा छट्पटाइ रहेका छोरालाई बचाउनका लागि उपचारमा सहयोग गरिदिन एक बाबुले अस्पतालबाट अपिल गरेका छन् ।

रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नम्बर १ का भक्तवहादुर बस्नेतले भीरबाट लडेर घाइते बनेका छोरा सरोज बस्नेतको उपचारका लागि आर्थिक सहयोग जुटाउनका लागि अनुरोध गरेका हुन् ।

सरोजको उपचारमा लाग्ने रकम सहयोग गरिदिन परिवारले देशविदेशमा रहेका सबैलाई आग्रह गरेका छन् ।

128209408_1094538707632939_7811056354416460338_n

सरोज बस्नेतको यहि मंसिर १५ गते भिरबाट लडेर अचेत अवस्थामा त्रिवि शिक्षण अस्पताल महाराजगंञ्जमा आइसियुको ३ नम्बर वाडमा उपचार भइरहेको छ । बाबु भक्तबहादुर बस्नेतका अनुसार सरोजको उपचारका लागि हालसम्म ७ लाख रुपैयाँ खर्च भइसकेको छ ।

परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा थप समस्या उत्पन्न भएको छ । त्यसैले छोराको जीवन बचाउको लागी सहयोगी हातहरुलाई सहयोगको अनुरोध गरेको सरोजको बुबा भक्तबहादुर बस्नेतले बताए ।

128610206_1094538767632933_1682861700214927393_n

भक्तबहादुरले रुँदै भने, ‘छोरा बाँचेको हेर्न चाहान्छु, डाक्टरले टन्नै खर्च लाग्छ भनेको आफूसँग भएको सम्पूर्ण खर्च सकिएकाले आफ्नो घरबारी र खरबारी बेच्दा पनि उपचारमा खर्च जुटाउन नसक्ने अवस्था भएपछि सहयोगी मन भएका ब्यक्तिहरुले जति सकिन्छ सहयोग गरिदिनुहुन्छ कि भन्ने आश गरेका छ,’ ।

सरोजलाई आर्थिक सहयोग गरिदिनका लागि प्रभु बैंकमा रहेको खाता नम्बर 1000079454000011 पनि सहयोग गरिदिन सक्नु हुने छ ।

सम्पर्क नंम्बर
बुबा: भक्तबहादुर बस्नेत 9744066419
भाई: सुवास बस्नेत 9844246439 

129287359_1458780334327637_3311318150815028678_n

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार