Sunday July 13, 2025 | |

सर्लाहीमा बन्दा बन्दै भत्कियो व्यावसायीक भवन

featured-news

सर्लाहीको हरिवन नगरपालिका ११ मा निर्माणधिन अवस्थामा रहेको व्यावसायिक भवन भत्किन थालेको छ नगर विकास कोषको रु १६ करोड ८६ लाखमा निर्माणधिन अवस्थामा रहेको व्यावसायिक भवन निर्माण सम्पन्न नहुँदै भत्किन थालेको हो ।

आर्थिक वर्ष ०७५÷०७६ बाट निर्माण काम सुुरु भएको उक्त भवन आर्थिक वर्ष ०७७÷०७८ मै निर्माण सम्पन्न हुनु पर्ने भए पनि अर्काे आर्थिक वर्ष सकिन लाग्दा समेत निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

बिकोइ÷धुलिखेन निर्माण सेवा जेभीले रु १६ करोड ८६ लाखमा ६ वटा व्यावसायिक भवन निर्माणको ठेक्का लिएको थियो । आरसिसि फ्रेम विल्डिङ फरम्याटमा निर्माण हुने भवनको निर्माण कार्य जारी रहेकै समयमा भिक्ताहरु भत्किन थालेका छन् ।

हरिवन नगरपालिका ११ मा सञ्चालित फुटपाटमा रहेको व्यवसायलाई व्यवस्थित रुपमा सञ्चालन गर्न भन्दै नगर विकास कोषको करिब १६ करोड ८६ लाखको लगानीमा निर्माण हुँदै गरेको व्यवसायिक भवनका भिक्ताहरु भत्किँदा अहिले टालटुल गर्न थालिएको छ भने नगरपालिकाको वेवास्थाका कारण भवन निर्माणमा ठेक्का पाएको कम्पनीले गुणस्तरहिन निर्माण गरेको स्थानीयको आरोप छ ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार